एमबाप्पेले एक्लै ४ गोल ठोकेपछि फ्रान्स विश्वकपमा जाने पक्का !

साविक विजेता फ्रान्सले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाकिस्तानलाई ८-० ले हराउँदै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिकसहित ४ गोल गरे । खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । १२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा फ्रान्सको अग्रता तेब्बर बन्यो ।

५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ४-० को अग्रता दिलाए । ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ५-० ले अघि रह्यो ।

खेलको ७५ औं मिनेटमा एड्रिन रोबिटले गोल गर्दा फ्रान्स ६-० ले अघि रह्यो । ८४ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई ७-० को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत चौंथो गोल गर्दै फ्रान्सलाई ८-० को जित दिलाए ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..