दरबन्दी नभएको ठाउँमा पठाएपछि डीआईजी अलपत्र

दरबन्दी नै नभएको ठाउँमा सरुवा भएका डीआईजी मुकुन्द आचार्यले रमना बुझेका छन्। गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी प्रमुखबाट चार महिनामै हटाउँदै आचार्यलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरेको हो। गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयमा दरबन्दी खाली राखेर दरबन्दी नै नभएको लागुऔषध ब्युरोमा आचार्यलाई सरुवा गरेका हुन्।

लागुऔषध नियन्त्रण ब्युरोमा डीआईजीको दरबन्दी नै छैन। हाल एसएसपी हृदय थापा ब्युरोको इन्चार्ज छन्। तर सरुवा भएका आचार्यले एसएसपी थापा चढ्दै आएको ब्युरोको गाडी लगिसकेका छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पनि आचार्यले रमना बुझिसकेको बताए।

प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजी रिक्त छ। त्यहाँ कार्यरत डीआईजी वसन्त लामालाई प्रबन्ध महाशाखामा सरुवा गरिएको छ। प्रबन्धमा कार्यरत प्रकाश अधिकारीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। हृदय थापाको ५ महिनामै इन्चार्ज खोसिएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अन्वेषण शाखा हुँदै त्यहाँ सरुवा गरिएको थियो।

सामान्यतया दरबन्दी अनुसारको पदमा सरुवा हुने भएपनि एसएसपीको दरबन्दी भएको स्थान लागु औषध नियन्त्रण व्यूरोको जिम्मेवारी डीआईजी आचार्यलाई दिइएको हो। कामको चाप अनुसार माथिल्लो अधिकारीलाई जिम्मेवारी दिनुपर्ने अवस्था बन्ने प्रहरी उच्च स्रोत बताउँछ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..