नेपाल अतिकम विकसितबाट विकासशील मुलुकको सूचीमा बढुवा

संयुक्त राष्ट्रसंघकाे महासभाले नेपाललाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। अमेरिकाको न्युयोर्कमा बिहीबार आयोजित राष्ट्रसंघीय महासभाको ७६औं सत्रको ४० औं बैठकले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा उकाल्ने प्रस्ताव अनुमोदन गरेको हो।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग, न्युयोर्कका अनुसार नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील सूचीमा राख्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट सर्वसम्मतीले अनुमोदन गरेकाे हाे।

नेपाल अबको ५ वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै विकासशील मुलुकको सूचीमा उक्लिनेछ। याे ५ वर्षलाई संक्रमणकालीन अवधि मानिनेछ। त्यतिन्जेल नेपालले अतिकम विकसित मुलुकक हैसियतमा पाउने सबै सुविधा र सहायता पाइरहनेछ। ​

राष्ट्रसंघीय महासभाबाट पारित उक्त प्रस्तावले संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) अन्तर्गत विकास नीतिसम्बन्धी समिति (कमिटी फर डेभलपमेन्ट पोलिसी) लाई सन् २०२४ भित्र नेपाललाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेबारे केही पुनर्विचार गर्नुपर्ने भए गर्न कार्यादेशसमेत दिएको छ।

गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समिति (कमिटी फर डेभलपमेन्ट पोलिसि) ले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा राख्न सिफारिस गरेको थियो।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..