ओमप्रकाश घिमिरेको गुरुलाई प्रश्न, कोसित छ यसको जवाफ ?

गुरुलाई प्रश्न (कविता)

                     -ओमप्रकाश घिमिरे

गुरु ,
तपाईले क बाट कलम मात्र पढाउनु भयो 
पछि थाहा पाएँ क बाट 
कमरेड पनि हुँदोरहेछ 
ग बाट गमला भन्नु भयो 
गमलामा फूल कैदी हुन्छ 
अहँ, कहिल्यै भन्नुभएन 
घ बाट घर त भयो 
तर घर चाँहि कसरी भयो
त्यो भन्नु भएन ।
च बाट चरी त हुन्छ भन्नु भयो 
त्यो चरी पिँजडा भित्रको थियो 
कि बाहिरको ?
अहिलेसम्म मैले अनुमान गर्न सकिनँ ।

छ लाई छाता ओढ भनियो 
घाममा कि पानीमा ?
त्यो भनिएन 
ज बाट जङ्गल, जङ्गलको बाटो नि 
हिड्न सकिन्छ भनियो 
को बलात्कृत को सुरक्षित ?
अहँ त्यो भनिएन ।
झ पढाउदै राष्ट्रिय झण्डा देखाइयो 
चन्द्र-सूर्य झुकेको देखाउँदै देखाइएन 
गोरूसिङ्हे ञ भनियो 
नदेखिने सिङ मान्छेमा पनि हुन्छ्न्
किन भनिएन ?

ध बाट धनी हुनुपर्छ भन्नुभयो 
ल बाट लुटेरा बन्नुपर्छ किन भन्नु भएन ?
प बाट परोपकारी बन्नु भन्नु भयो
फ बाट फटाहा किन नबन्नु भन्नु भयो ?
व वकिल बन भन्नु भयो 
ब बेरोजगार छ किन भन्नु भएन ?
य बाट यज्ञराज भनियो 
आज आएर 
यमराजहरूलाइ म कसरी चिनौं ?

स बाट सगरमाथा घोकाउनु भयो 
यसको घट्दै गरेको उचाइ किन बताउनु भएन ?
ह बाट हलि पढाउनु भयो 
त्यो भित्र को इमान्दारिता 
किन पढाउनु भएन ?
क्ष बाट क्षेत्रि भन्ने ठाउँमा 
क्षेप्यास्त्र हुन्छ किन भन्नु भएन ?
किन तर्साइ रहनु भयो मेरो 
बालमष्तिस्क बारम्बार त्र देखाएर 
र किन भन्नु भएन 
तिमी पनि सक्छौ बैरीलाई तर्साउन भनेर ।

गुरु ,
पाठशालाले किन मलाइ उल्टो 
पढाइरह्यो 
समयको अगाडी मलाई किन ढाटिरह्यो 
अब तपाई मलाइ आज आएर बताइदिनोस 
गुरु 
म ज्ञ बाट ज्ञानि बनौ कि 
अ बाट आगो ?
र सोधिदिनोस् तिनीहरूलाइ पनि
म बाट महल बन्छौ कि
ख बाट खरानी ?

Kantipath Media

यो छुट्टाउनु भो कि..