कवि सुमन घिमिरेको दुई काव्य कृति लोकार्पण

साहित्यकार सुमन घिमिरेका दुई वटा काव्य एकैपटक लोकार्पण गरिएको छ ।

पर्यटन व्यवसायीसमेत रहनुभएका घिमिरेका नेपाली भाषाको कविता सङ्ग्रह ‘सुनको टप’ र अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो ।

प्रकाशक गोर्खा पब्लिकेसन्स प्रालिको आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा भएको कार्यक्रममा साहित्यकार प्रतिक ढकालले दुवै कृति एकसाथ लोकार्पण गर्नुभयो । सो अवसरमा कवि भुपिन र चेतराज रेग्मीले कविताको समीक्षा गर्नुभएको थियो ।

कविताको समीक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कवितामार्फत चित्रण भएको बताउनुभयो ।

कवि घिमिरेको विसं २०६८ मा पहिलो कविता सङ्ग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी १० वर्षको बीचमा लेखिएका कवितालाई यस सङ्ग्रहमा स्थान दिएको कवि घिमिरेले बताउनुभयो । घिमिरे क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..