तारा केसीको यौटा सुन्दर कविता

कविता: मखमली

मध्यरातमा जून हेर्दै नरूनु
न टाेलाउनु ती ताराहरूसित
अाँशुकाे दहमा भरिदै मेराे यादमा नभत्किनु
म अाउने छु र उदाउने छु तिम्राे यादमा
र गल्ने छु तिम्राे अाँशुमा ।

भाँडाकुटी खेल्ने उमेरमा हाैं
टेकेकी तिमीले मेराे संघार
लिपेकी मेराे घरकाे ढाेका
सजाएकी पुजाकाे थाली
भरेकी बाकाे हुक्का
मिचेकी अामाकाे खुट्टा ।

सबैलाई रिझाउँदा रिझाउदै
कुन बेला फुल्याै मखमली
तिमी मेराे जिवनमा ।

जूनकिरी अघि लाउदै घर पसेकि तिमीलाई
सिउरिदिन मन थियाे एक थुङ्गा फूल
हाम्राे बिबाह उत्सवकाे दिन तिम्राे शिरमा
घाँमसँगै माथि वर पिपलकाे चाैताराेमा बसेर ।

तिम्राे भाग लाग्याे कि लागेन
मिठाे मसिनाे पाक्दा भान्सामा साेध्न पनि पाइन्
तिमीले पनि दु:ख काे सारंगी रेटिनाैं
कहिले मेराे सामु अाएर
छुट्टीमा घर फर्किदा शहरबाट म
अाधारातमा टुकी बालेर अाउथ्याैं
र भन्थ्याैं
उठेर धान कुट्नु छ ढिकीमा
पिठाे पिस्नु छ जाँताेमा
हाँडीमा मकै भुट्नु छ
भाेलि काेदाे राेप्ने खेतालाछन् बारीमा
तिम्राे कामकाे लामाे बिवरण सुनेर थाक्थे म
तर
तिमी कहिले थाकिनाैं ।
कुन दिन कुन रात तिम्रालागि
एकै हुन्थे मखमली!

तरकारीमा नुन कम भयाे
बखान गर्थिन् अामा तिम्राे माइतीकाे
साँझ झमक्क पर्दा बनबाट स्याउला ल्याउनु
अामा अराउँथिन् ।
बाघ चितुवाकाे भयले मन अातिन्थ्याे मेराे
बिहान बाेकेर ढाेकामा बेशी झरेकि तिमी
साँझ बाेकेर गाउँ फर्किन्थ्याै ।

चाडपर्वमा रमाउँदै भान्सामा पाकेकाे
मिठाे मसिनाे सँगै खाउँला
तर अामाले तिम्राे भागकाे
एक मुठी चामल घटाई सकेकि हुन्थिन्
माइती लिन अाकाछन् भनेर
चिसै हात खुट्टा छाेरी बाेकेर
बाटाे पैलाउदै जन्मघर लाग्थ्याै तिमी
म राेक्न सग्दैन्थे
तल्लाे घरे लक्षमणकाे मेला जानू छ
भाेलि बिहान सबैरै अाउनु
अामा उर्दी जारी गर्थिन्

तिम्राे भाेक प्यास थकाई बुज्न नपाई
अाेझेल पर्थ्याै मखमली!

भाईकाे छाेरा जन्मदा तिमीले छाेरी जन्मायाै
बुहारीकाे लागि घिउ मासु पाक्याे
तिम्राे लागि फर्सी पाक्याे भान्सामा
मासुकाे भाँडाेतिर हेरेर तिमीले
फर्सी निलेकाे देखेर
मैले अाफुलाई समाल्न सकिन मखमली!

दुईचार पैसा कमाउन सक्ने
सरकारी सिन्दुर पहिरिएकाे पति म तिम्राे
तर
त्याे दिन म ढाक्रे बराबरकाे भएँ
मेरा यस्ता मजबुरीमा कहिले गुनासाे गरिनाैं
तिमी मेराे पिरमा फुल्याै
शिरमा फुल्याै
कहिले न अाेइलाउने अजम्वरी मेराे
मनमा फुल्याै मखमली !

Kantipath Media

यो छुट्टाउनु भो कि..