गजल

अन्यासैमा यो नयनहरु बर्सिएका छन्
छटपटाहटले यो मन गर्जिएका छन् ।।

बन्द कोठा र एकान्तबासको संगम
स्मृतिमा तिम्रो यादहरु बल्झिएका छन् ।।

प्रेमिल मुस्कान रुपी तिम्रो मुहारमा
यो धड्कन त्यतै अल्झिएका छन् ।।

लालयित छु म प्रिय भेटका लागि
अतीतका यादहरु छचल्किएका छन्।।

सरस्वतीको बास, त्यो मिठो बोलीमा
पूर्णिमाको जूनझैं तिम्रो मुहार चम्किएका छन्।।

© अमिर रामदाम
भरतपुर- २, चितवन

Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..