annapurna add

bishaloliआज दुनियाँ अशान्त छ 
तिव्र गतिमा 
सुर्यको किरण भन्दा पनि छिटो, आक्रान्त छ ।
भयभित छ 

मानव अस्तित्व रक्षाको लागि
लडिरहेको छ- ल्याकतले भ्यासम्म
रोइरहेको छ- आँशु नसकिदा सम्म
बुलेट ट्रेनको गतिमा आज दुनियाँ साँघुरो घुम्तीमा आइपुगेको छ ।
स्थिति नाजुक छ
डोनाल्ड ट्रंपको पागलपका कारण
घमण्डका कारण
विश्व माहाशक्तिको ताज ढल्दै छ ।
COVID-19 अव नियन्त्रण वाहिर छ ।
ठिक यति नै वेला मैले मेरो आमालाई सम्झेको छु।
मेरो आमा के गरिरहनुभएको होला ?
सन्चै हुनुहुन्छ होला कि नाइँ ?
फोनमा कुरा हुँदा,
तेरो खवर के छ ?
स्वस्थ कस्तो छ ?
खाना भयो कि भएन ?
तातो पानि नछुटाउनु है
यस्तै-यस्तै भन्नुहुन्छ ।
मैले हजुरलाई कस्तो छ आमा भन्दा कहिल्लै पनि बिरामी छु भन्नुभएन ।
तर मलाई थाहा छ,
आमाको दम अव थप विग्रिनेवाला छ ।
कोरोनाले दम रोगीलाई थप मन पराउछ रे,
उनीहरूलाई सजिलै हराईदिन्छ रे,
आफु विजयी हुन्छ रे,
हो मैले यति नै वेला मेरो प्यारी आमालाई सम्झेको छु ।
दुनियाँको एकमात्र सत्य आमाको अपार मायाको
जवरजस्त अन्तिम पटक हकदार बन्न खोज्दै छु।
आज किन कुन्नि पलपल आमाको मात्र याद आएको छ।
म आफैँ निकै कमजोर पनि छु,
गल्दै-ढल्दै-सकिदै गइरहेको पनि छु,
हो मैले यति नै वेला मेरो प्यारी आमालाई सम्झेको छु ।

आमा
मैले बालखैमा हजुरलाई सताए होला
जानी-नजानी दुख दियँ होला
ति सवै माफ गरिदिनु ल
अव मलाई कोरोनासंग डर छैन
वरू हजुरको माया गुमाउने डर छ
म आफैँ हराउने डर छ।
अन्तिम पल्ट भक्कानिदै फोन गर्दै छु
अव पनि ढाटेर मलाई ठिकै छ बावु नभन्नु है ।
(अमेरिकामा रहेका कोरोना संक्रमित छोरा विशाल ओलीले अस्पतालको वेडवाट जिन्दगीका अन्तिम सासहरू लिदै आफ्नी आमा ओइली ओलीलाई लेखेको साहित्यिक पत्र)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...