annapurna add

chandra kantipath

फूलबारीको सौन्दर्यलाई लुछन
कुनै आततायीझैँ पसेको आँधीलाई
कानमा च्याप्प समातेर राख मनमा 
कुनै उज्यालो दिन
गफ गर्न सकिन्छ यस कालो समयबारे !!

आँखाको डिलबाट झरिरहेको आँसुलाई
सजिलै खस्न नदेऊ
आँसु झरेको त्यो भुँइमा धूलो उठोस्
असंतुष्टिले केही कदम हिँडोस्
यसरी हात उठाउने छ असहमतिमा  !

गालाको डिलतिर चिप्ली गएको मुस्कानको
सुन्दर चित्र मनको क्यानभासमा सजाऊ साथी
समयको आकाशमा कुनै पल
मुस्कानको यस चराले रहरको पखेटा फैलाई
भर्ने छ उन्मुक्त उडान !

जीवनका लयहरू गाउँदा गाउँदै
मृत घोषित गीतहरूमा फेरि नयाँ प्राण भर
ध्वस्त स्वप्नमहललाई पुःन उभ्याऊ
बोटलाई सुस्ताउनदेउ, थाकेको छ हुरीसित जुध्दै
पहाडमाथि पुगेको घामलाई नरोक
उदाउनेछ भोली फेरि नयाँ बिहानी !!

यात्राबाट फर्केका खुट्टाहरूले
थकान बिसाउन घरआँगनमा टेक्दै छन्
गुँडतिर उडेका चराले छुनेछ फेरि नयाँ क्षितिज
जीवनको थकित समयमा
उज्यालोलाई मनको ल्याम्पपोस्टमा झुन्डयाएर
कुरा गर्ने छ यस अँध्यारोसित !!

यस साँझ
ठूला साना खुसीहरू गन, जोडघटाउ गर
हिसाब लगाऊ दुःखसुखहरूको
रहरको तरङ्ग उठोस् घाउचोट पन्छयाउँदै
आँटको नयाँ बिरुवा उम्रियोस्
उमंगको लहर चलोस
जीवन बाँच्ने नै यसरी हो !!

-चन्द्र गुरुङ
गाेरखा,नेपाल

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...