Hidden
समय तिम्राे कलरलेस प्रेमी
समय
तिमी बिहानीकाे मुस्कानसँगै आयाै।
मेराे घरकाे मझेरीमा कलरहरुका भारी बाेकेर,
परीचीत दृष्टीका साथ
मायाका मुस्कान र साथीत्वका आत्मीयता लिएर।
तिमी आयाै
फेसबूकका पर्खालहरुमा,
म्यासेन्जरका पानाहरुमा
जिन्दगीका सुनाैला परीबेसहरु साट्न ।
स्वागतयाेग्य बिहानीकाे कल्पनासँगै
पुराना जिन्दगीका यादहरुमा
नयाँ जिन्दगीकाे बाटाे राेज्न।
अफसाेच, नितान्त नाैलाे परीवेश
एक सन्नाटाभित्र पिडाका गुजुल्टाहरु
भावुक भावबिहाेल
सयाै नाबालकहरुकाे मृत्यु र चीत्कारमा
मेराे माैनता
कारुणीक शब्दभीत्र नीशब्द भएकाे छु।
उकालाे हिड्दा हिड्दै थाकेकाे भरीया जस्तै
मन थकीत भएकाे छ।
बबल झै पीडाका फाेकाहरु मनमा उठ्दै फुट्दै गरेकाछन।
तिम्राे सुखत स्वागतमा मेराे मन पुलकीत हुन सकेकाे छैन।
तिमीसँग रम्ने मसँग आँट छैन,
तिमीलाई चुम्ने मसँग साहस छैन।
पीडाका आँशु पाेतीएसँगै नजीकीने बाहानामा
तिम्राे एक कलरफुल प्रेमील बन्ने जाँगर छैन।
- इश्वर चौलागाईं
प्रकासित मिति