annapurna add

komal dhungel poemमानवीय सभ्यता र संस्कृति जोगाउन आजकल म
एउटा दृश्यहिन लडाई लडिरहेछु
तिम्रा हरेक आदेशहरुको पालना गर्दै !

लडाईमा हिडेको एउटा सिपाही म,
महासमरको यो लडाईमा क्वारेनटाइन
बन्द कोठाभित्रको मा थन्किएर
मानव जातिलाई जोगाउन
अन्तिम युद्ध लडिरहेछु
तमाम नियमहरुको पालना गर्दै !!

ए ! साँच्ची
त कोरोना
मेरो अगाडी बन्दुक बोकेर
आईदिएको भए
म पनि तँ संग
पक्कै पनि बम, गोली र बारुद बोकेर
लड्ने थिए,
अमरसिंह र बलभद्रलाई साक्षी राखेर
गोर्खालीको गौरवलाई शिरमा राखेर !!!

तर तँ ! कोरोना !
यति कायर छस कि
तँ त् आमने/सामने भएनस
मायावी जाल रचेर
किन लड्दैछस युद्ध ?

तँ जाली कोरोना भाईरस
तेरा हरेक जालहरुलाई परास्त गर्न
हामी मानव जातिहरु एकाकार छौ !
देशबाट/परदेशबाट/एशियाबाट/अफ्रीकाबाट/युरोपबाट/अमेरिकाबाट
अनि,
हरेक गल्लि, चोक, वस्तीवस्तीबाट
गाउँ शहरबाट
प्रत्यक घरहरुको कुना-कुना बाट
क्वारेनटाइनबाट क्वारेनटाइनबाट !!
 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...