Hidden
संकट एउटा अवसर हो - अभिमन्यु प्रतिक
जब लामो जाममा मुग्लिनमा फस्छ मान्छे
भोको र प्यासो त्यो मान्छेलाई
१५ रुपैयाँको चाउचाउ ३० रुपैयाँमा बेच्ने
यो एउटा सुनौलो अवसर हो ।
भुकम्पले देशै हल्लाएपछी
जब आत्तिएर सडकमा निस्कन्छ मान्छे
मान्छेको घरभित्र छिरेर धन लुट्ने
यो एउटा सजिलो अवसर हो ।
जब नाकाबन्दीको घोषणा गर्छ छिमेकीले
र आभावमा छट्पटाइरहेका हुन्छन् मान्छे
सकारलाइ राष्ट्रवादी बन्ने र जनतालाई कालोबजारी गर्ने
यो एउटा गजबको अवसर हो ।
पसिनाको मूल्य पाउदैन किसानले जब
पिडित त्यो किसानको, उदारोमा पसिना किनेर
जिन्दगीभर त्यही पैसाको पछाडि दौडाउने
यो एउटा काइदाको अवसर हो ।
एक्लै हिडिरहेकी महिला
रोगले छट्पटाइरहेको विरामी
भर्खरै सहर छिरेको युवा
राहत चाहिने बाढी पिडितहरु
सबै सबै संकटमा फसेकाहरु अवसर हुन् ।
र यो समय कोरोना संकटको समय हो
अब बाकी नेपाल सरकारबाट ।
प्रकासित मिति
Loading...
Loading...
Loading...