annapurna add

तिम्रो जन्मोत्सवको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

ganesh premकोमल तिम्रो पाउमा काँडाले नघोचोस्
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

दुःख भागोस् अघि सुखले पक्ष्याओस्
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्
सबैको मुख–मुखले तिम्रै नाम लिउन्
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।

मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

तिम्रो जन्मोत्सवकाे उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...