Hidden
गुरु लेनिनप्रती
गुरु लेनिन
तपाईंको फोटो
भेटिन थालेको छ ,क्यासिनुहरुमा
यसको अर्थ क्रान्ति जूवा होइन ।
गुरु लेनिन
तपाईंको कोटेसन
भेटिन थालेको छ भट्टीहरुमा
यसको अर्थ बिद्रोह मदिरापान होइन ।
गुरु लेनिन
तपाईंको सिद्धान्त
भेटिन थालेको छ सुपर मार्केटमा
यसको अर्थ प्रतिक्रान्तीले जित्यो भन्ने होइन ।
गुरु लेनिन
जरुर छ
यो युगको शोषण ,दमन, उत्पीडन मास्न
अर्को लेनिनवाद
जनताको राज्य ल्याउन
पडकनु नै नुतन अक्टोबर क्रान्तिकारीहरुमा ।
गुरु लेनिन
झन झन सान्दर्भिक हुँदै जानू भएको छ तपाईं
गुरु लेनिन
कहाँ सकिन्छ र
रातो क्षितिज ताकिरहेको
हाम्रो महान यात्रा ।
कहाँ सकिन्छ र उत्पीडन महान जात्रा
र त लडनुछ हामीले साम्राज्यवादका नयाँ निसाना विरुद्ध
एकीकृत भै
एकजुट भै
आगो झै दन्किदै
गुरु लेनिन श्रमिकहरुका गीत गाउदै
ज्यामीहरुसँग रमाउदै
खेतालाहरुको हात समाउदै
हामीले गाडनु नै छ रातो झण्डा
सगरमाथाको चुचुरोमा ।
-रसुवाली कवि
प्रकासित मिति