annapurna add

Tejbilasचकमन्न

तेजविलास
सत्ताको बर्बर बदमासी
खुल्ला किनबेच छ
कार्यकर्ताको
यस्तो लाग्छ
चकमन्न रातमा
लुटेराहरु लुटिरहेछन्
किसानका लहलह धान ।
महाव्याधिका देश
छटपटाइरहँदा
निःशुल्क उपचार गर्न
पन्छिने सरकार
लगाइरहेछ रट
चुनावको अनि
नयाँ जनमतको ।

व्याधाहरु जतासुकै छन्
छिनछिनमै मरिरहेछन् जनता
कतै खान नपाएर
कतै उपचार नपाएर
बेरोजगार छ जताततै
मज्जाको हाँसो चल्दैछ
बालुवाटार र आसपास
चल्दैछ मोलमोलाइ
अनि
व्यापक हेरफेर छ
संविधानको धाराको मर्म ।

लुटको धनले
चुनाव जित्ने दाउमा
अलिकति भए पनि
इमान्दार कार्यकर्ता
खै ! किनिएका छन्
अनि भनिरहेछन्
पानीजहाज, रेल अनि
त्यही स्वरोजगार ।

प्रधानमन्त्री र मन्त्रीको
रोजगार र स्वरोजगार
विचौलिया र दलालको
स्वरोजगार अनि
चलिरहेकै छन्
आगामी चुनाव
मध्यावधि चुनाव जित्ने
महा प्रशिक्षण ।
प्रशिक्षण दिँदैछन्
राष्ट्रिय ठट्टा सङ्घका अध्यक्ष
राखेर देशलाई बन्दकी
गुप्तचरसँगको साँठगाँठमै
तह लगाउन विरोधी
चकमन्न रातमा
लुटेराहरु जस्तै ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...