annapurna add

ke u marekoफुटपाथको बिच्छ्यौनामा वा भेरीको बहावमा,

जो लड्यो, के ऊ साच्चै मरेको हो??
अनि के उस्ले कालापानी हाम्रो हो भन्यो कतै?
लिपुलेक र लिम्पियाधुरा बारे लेख्यो कि लेखेन?
नयाँ नक्सा छातीमा टास्यो कि टासेन?
अहो !
भोट पो हालेको थिएन कि कतै?
पार्टीको सदस्य नि हैन नि है?
अनि ?
अनि कसरी ऊ नेपाली भो त??
आकाश ओढ्नेले, झण्डा ओढेन त?
भारी बोक्ने रे? झण्डा बोकेन त।
के खान्थ्यो? कहिले पार्टीको सपथ खाएन त।
औधी प्रेम गर्नेले ?? उग्र रास्ट्रवाद गाएन त।
न कर तिरेको छ, न तिर्ने कमाको छ,
न भोकै मागेको छ, न कहिले भागेको छ,
अनि??
अनि कसरी ऊ नेपाली भो त??
भोकले मार्यो रे?
के भन्छौ तिमी ?
भोक ले मरेको?
अह हुनै सक्दैन।
हाम्रा मुखियाले कोहि भोक ले मर्दैन भन्नू भाको छ।
उस्ले म,
उस्ले छाती पिटेर, आकाश चिहाई चिहाई चर्को आवाजमा,
सबैले सुन्ने गरि भनेछ,
हो,
म आज भोकले मरे। न मैले भोक सहन सके न भोकले अब मलाई सहन सक्यो।
हो उस्ले भनेछ, म भोकले मरे।
बारम्बार नभन्नु भन्दाभन्दै, सुन्दिन भन्दा भन्दै,
जस्ले भोकले मरे भन्छ,
अनि ऊ कसरी नेपाली भो त?
मेरो मुखिया समाजबाद आईसक्यो भन्छन,
एक एक दिन त्यही भन्छन,
हरेक दिन त्यही भन्छन,
उन्ले भने,
रोगले कोहि मर्दैन यहाँ,
अरे,
प्रेम त रोग हो।
आफ्नालाई गर या पराईलाई,
चिच्याई चिच्याई घृणा गर्न सिकाईदै थियो भर्खर,
आफ्ना केही लाई,
पराया सबैलाई,
या आफू बाहेक अरु सबैलाई,
अह, हुनै सक्दैन,
शान्तिको कुनै भाषा हुनै सक्दैन,
प्रेमको कुनै भाषा हुनै सक्दैन,
आडम्बर सिकाउछ्न मेरा मुखिया,
आरोप सिकाउछ्न मेरा मुखिया,
अनि,
अनि ऊ प्रेमले मर्यो।र आडम्बरले हत्या गर्यो।
त ऊ कसरी नेपाली भयो?
जस्ले प्रेम गर्यो र मर्यो ।
उग्रवादी आडम्बरले हत्या गर्यो त ऊ कसरी नेपाली भयो??
र फेरि सोध्छु।
के मुखियाले भनेको नमान्ने "ऊ" मरेको हो??
कुनै संघ, संगठनको सदस्यता नलिएको,
कुनै नेताको नातामा नपर्ने,
न उस्को पक्षमा आन्दोलन,
न उस्को बिपक्षमा बिज्ञप्ती,
एक सरल र असल,
के ऊ साच्चै मरेको हो?
या मेरो देशले बाच्न नदिएको ???

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...