annapurna add

onion like love

तिम्राे प्रेम
प्याजका अनेक पत्रहरु जस्तै,
म भित्रका अनेक आयमहरु
बिराेधाभाषी चाहाना र स्वार्थमा विक्षिष्त र क्राेधीत भएकाे बेला,
निराशाका कुन्ठै कुन्ठामा बेचैन भएकाे बेला तिमी प्रेमकाे मुलधारमा समाहित भएकी थियाै।
म स्वयं तिमीसगै प्रेमकाे गहिराइमा डुबेकाे थिए।
प्रेम भित्रकाे आत्मिक स्वतन्त्रता र समर्पणकाे खाेजमा।

दिनभरी बेचैनकाे बीस्फाेटमा,
रातभरी अनिद्राकाे छटपटीमा
अपहरीत भएकाे बेला,
समय रहित मनरहीत मन्दबिष पिई
मनकाे निश्चलता बिसर्जीत भएकाे बेला,
शब्द, शब्द काेरी जिवन लय टिपेर मुटु सजाएकी थियाै।
मलाई तिम्राे प्रेमकाे गहीराईमा डुबाएकी थियाै।
प्रेम भित्रकाे अात्मिक स्वतन्त्रता र समर्पणकाे खाेजमा।

आँशुका छालहरुसँग सुक्क सुक्क गर्दै
अनायाशै चाहानाहरु चुहिएकाे बेला,
बाेझीला आक्रान्त चाेटहरु बाेकेर डुब्न लागेकाे बेला,
मेराे आकृती कैद गरेर तिम्राे मनकाे पुजाकाेठामा सजाएकी थियाै।
तिमीले म भित्र उषाकाे किरण जगाएकी थियाै।
प्रेम भित्रकाे आत्मिक स्वतन्त्रता र समर्पणकाे खाेजमा।
र त म भित्र तिमी छाै ।
तिमी भित्र म छु।
हामी भित्र प्रेमकाे आत्मिक स्वतन्त्रता र समर्पण छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...