संसारमा मार्क्स फर्किए के होला ? हेर्नुहोस नाटक !

marks farkiyeकार्लमाक्र्सको २०० औं जन्म दिवसलाई एक अभियानका रुपमा मनाउने सिलसिलामा कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह समिति, नेपाल र नेपाल अध्ययन केन्द्र नामक दुई संस्थाहरुको आयोजकत्वमा ‘‘माक्र्स फर्किए’’ नामक एक ऐतिहासिक नाटक गुरुकुलः आरोहणबाट प्रस्तुत गरिदैंछ । यो ऐतिहासिक नाटक एक चिन्तक, क्रान्तिकारी र दार्शनिक माक्र्सको जीवनगाथामा आधारित भएकाले सबै तहका व्यक्तिहरुका लागि रोमाञ्चकारी तथा ज्ञानबद्र्धक छ ।

यो ‘‘माक्र्स फर्किए’’ नाटक यही मिति २०७६ पौष १, २ र ३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हरेक दिन बेलुका ५ बजे देखि ६ः३० सम्म प्रदर्शन गरिनेछ । यस नाटकका दर्शकहरु नेपालका भूपू प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु र नेपालका विभिन्न पार्टीका प्रमुख नेताहरु लगायत सबै तहका नेताहरु हुनुहुने विश्वास गरिएकोछ । यसमा पत्रकार, विभिन्न पेशामा संलग्न व्यवशायी, सफल व्यापारी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरु लगायत युवा विद्यार्थीहरुसमेत दर्शक हुनुहुनेछ । टिकट लिनका लागि तस्बिरमा दिइएका नम्बरमा सम्पर्क गर्न सकिने बिराज थापाले जानकारी दिए !

विज्ञप्ति

‘माक्र्स फर्किए’ नाटक प्रदर्शन गरिने

‘माक्र्स फर्किए’ नामक नाटक कार्लमाक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति, नेपाल र नेपाल अध्ययन केन्द्रको आयोजनामा यही पुष १, २ र ३ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरुकुलः आरोहणले प्रदर्शन गर्दैछ । यसका परिकल्पना तथा निर्देशक : निर्देशन सुनिल पोखरेल र प्रविण खतिवडा हुनुहुन्छ । यस नाटकमा सुनिल पोखरेलले कार्ल माक्र्सको र निशा शर्माले जेनी माक्र्सको भूमिका निर्वाह गर्नेछन् ।

यस नाटकका दर्शकहरु नेपालका भूपू प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु र नेपालका विभिन्न पार्टीका प्रमुख नेताहरु लगायत सबै तहका नेताहरु हुनुहुने विश्वास गरिएकोछ । यसमा पत्रकार, विभिन्न पेशामा संलग्न व्यवशायी, सफल व्यापारी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरु लगायत युवा विद्यार्थीहरुसमेत दर्शक हुनुहुनेछ । यसरी यो नाटक मुलुकका विविध क्षेत्रमा अगुवाइ गरिरहेका व्यक्तित्वहरुको भेलास्थल बन्नेछ । यो नेपालीे रंगमञ्चका लागि अत्यन्त उत्साहवद्र्धक हुने विश्वास गरिएको छ । काठमाडौंमा प्रदर्शन गरिने यो नाटक देशका सबै प्रदेशका प्रमुख शहर र हलहरुमा देखाइनेछ ।

‘माक्र्स फर्किए’ का प्रमुख पात्रहरु

‘माक्र्स फर्किए’–मा उनले के भन्ने होलान्, हालको उत्कर्ष विश्वपुँजीवाद र दुनियाँका माक्र्सवादी देखेर ? वास्तवमा धर्म र पुँजीवादबारे उनका धारणा के थियो ? उनको १४० वर्षअघिको कठीनपूर्ण जीवन, उनका परिवारजन र उनको संघर्षबारे के बताउलान् ? यस्ता जिज्ञासा शान्त गर्न एक अमेरिकी इतिहासकार तथा वामचिन्तक हवार्ड जीनद्वारा लिखित नाटक ‘माक्र्स इन सोहो’ को नेपाली संस्करण नेपालमा प्रदर्शन हुँदैछ ।

पुँजीवादी विश्वले माक्र्सलाई धेरै पटक मा¥यो र इतिहासको अन्त्य भएको घोषणा ग¥यो । तर विश्वका हरेक संकटमा माक्र्स आइरहन्छन् र पुँजीवादका बारेमा आफ्ना उद्घोष हरदम सत्य सावित गरिरहन्छन् । यस पटक पनि आफ्नो उद्घोष सत्य सावित गर्न ‘माक्र्स फर्किए’ ।

हुन त माक्र्स आफूले व्यतित गरेको लण्डनको सोहो बस्तीमा फर्कन चाहन्थे तर उनका पथप्रदर्शकको भाषिक अज्ञानताले गर्दा नेपालको एक नाटक ‘सो’ भइरहेको हलमा आइपुग्छन् । नाटक ‘सो’ हलमा माक्र्स देखेर त्यहाँ नाटक निर्देशन गरिरहेका निर्देशक आश्चर्यमा पर्दै सोध्छन् – ‘तपाई माक्र्स ! तपाईं मरिसक्नु भएको होइन र ?’ यही प्रश्नबाट ‘माक्र्स फर्किए’को नाटक शुरु हुन्छ । निर्देशकको प्रश्नमा माक्र्स भन्छन् – अँ, म मरेकै हुँ तर म जिउँदै पनि छु । यो तपाईंहरूका लागि द्वन्द्ववाद हो ।’

नाटकका दृश्यहरू लण्डनको सोहो बस्तिमा रहेको माक्र्सको निवास वरपरका छन्, जहाँ मुलुकबाट निकाला गरिएका माक्र्स बेल्जियम र फ्रान्सबाट पनि खेदिएपछि उनकी पत्नि जेनी र उनका दुई छोरीहरू सहित बस्न आइपुगेका थिए, जहाँ जेनीले अरू ४ जना बच्चा जन्माइन्, ती नानीहरूको हेरचाह गरिन् र तिनीहरूलाई स्नेहले हुर्काइन् । तर गरिबी र अभावका कारण एकपछि अर्को गर्दै ४ सन्तान गुमाइन् । यस्तो परिवेशमा माक्र्स र उनका परिवारले विताएको जीवन तथा त्यहाँ आउनेजाने केही मुख्य पात्रहरूसँग गरिएको क्रियाप्रतिक्रिया र माक्र्सको मृत्युपछि उनीलाई लागेका आरोपहरूको स्पष्टीकरण नै यस नाटकको विषयवस्तु हो ।

एङ्गेल्स :यो नाटकमा माक्र्सका अनन्य मित्र तथा माक्र्सवादका अर्का प्रणेता एङ्गेल्स एक प्रसंगमा मात्र देखिन्छन् किनकि उनी म्यान्चेस्टर शहरमा बस्दथे जब कि यो नाटक सोहो बस्ति वरपर मात्र केन्द्रित छ ।

पेइपर : ऊ पनि माक्र्स जस्तै मुलुकबाट निर्वासित व्यक्ति हो । केही दिन माक्र्सको निजी सचिव हुन्छ, उसले एकाएक आफूलाई कम्युनिष्ट भएको घोषणा गर्छ र एक माक्र्सवादी अध्ययन समाज स्थापना गर्छ । ‘हरेक हप्ता माक्र्सका उद्दरण सस्वर वाचन र प्रत्येक वाक्यको विश्लेषण’ गरेको ढिङ्ग हाक्छ । माक्र्सले यस्तै चाटुकारलाई इंगित गर्दै भन्छन् – यदि यस्तै हो भने ‘म माक्र्सवादी होइन’ । स्वघोषित पेइपर केही वर्षपछि समाजवाद विरोधी बन्छ ।

बाकुनिनः रुसी मूलका तर संसार नै आफ्नो मुलुक ठान्ने एक सामुहिक अराजकतावादी हुन् । उनी तत्कालिन दुनियामा माक्र्स–एङ्गेल्ससँग शास्त्रार्थ गर्नसक्ने बौद्धिक र माक्र्स–एङ्गेल्सलाई बुर्जुआ ठान्ने क्रान्तिकारी पनि हुन् । पेरिस कम्युनताका उनीबारे एक भनाइ प्रख्यात थियो –क्रान्तिको पहिलो दिन बाकुनिन सम्पत्ति हो, दोस्रो दिन उसलाई गोली ठोक्नुपर्छ ।

जेनीः कुलिन तथा शासक परिवारकी सन्तान जेनी माक्र्सकी प्रेमिका तथा पत्नीमात्र थिइनन्, उनी एक क्रान्तिकारी तथा बौद्धिक थिइन

 

Kantipath Media

यो छुट्टाउनु भो कि..