annapurna add

keshan

म आतंककारी हुँ !
हामी आतंककारी भयौं !

समाजका सामन्त-ठालुहरुका लागि
मण्डले देश चिथोर्ने भालुहरुका लागि
समाज भाड्ने पन्चे र चम्चेहरुका लागि
नवसामन्त कटपुली खन्चेहरुका लागि
हो -२
हामी आतंककारी हौं
किनकी उनिहरु हामी संग आतंकित हुन्थे
आतंकित हुनेहरु हामीलाई आतंककारी भन्थे
हामी आतंककारी हौं उनाहरुका लागि
उनिहरु -२
जनताका ब्वासा थिए मान्छे लुछ्नेहरु
समाजका कलंक थिए शक्तिलाई पुस्नेहरु
उनिहरु विकाशमा घुन थिए पैसामा घुस्नेहरु
उनिहरु जुका थिए जनताको रगत चुस्नेहरु

हामिले त्यो बन्द भन्यौ -२
उनिहरु हामी संग आतंकित भए
आतंकित हुनेहरु हामीलाई आतंककारी भने
हामी आतंककारी भयौं ।

त्यतिवेला-२
सुराकी वनी घुम्ने खुट्टा भाचिएकै हो
उ त्यो गाऊ भन्ने हात काटिएकै हो
सुराकिलाई पुजा गरिएन गोलि दागिएकै हो
आइलाग्दा जाइलागि खुकुरी छप्काएकै हो
जनतामारा सोच्ने खोपडी धप्काएकै हो ।
हो-२
उनिहरुलाई कार्बाही गर्नु थियो
भेटेसम्म सफायमा पार्नु थियो
शान्त, सुन्दर नेपाल र नेपालीका लागि
वचाउनु भन्दा वेश मार्नु थियो ।

त्यसैले त -२
आज पनि आतंककारी देख्छन्
जो हिजो आतंकित थिए
आज पनि हामीसंग आतंकित छन्
समाजमा नसुध्रेका र केही टोलेहरु
भोलिपनि आतंकित भैरहनेछन्
भ्रष्टाचारी झोलेहरु
किनकी
म आतंककारी भइरहने छु !
हामी आतंककारी भइरहने छौं !

हो-२
आज पनि आतंकित हुनेहरु
उतिवेला कै कुतत्व शेषहरु हुन्
वर्दी नलाएका सैनिकका भेषहरु हन्
हत्या गर्न लाउने सुराकी फेसहरु हुन्
बाचुन्जेल आतंकित भैरहने जनयुद्धका केसहरु हुन् ।

त्यतिवेला-२
हाम्रो नजर पन्जाबाट छुटेकाहरु
तारबार भित्र वसेर लुटेकाहरु
तारबार तोड्दा नभेटिएर बाँचेकाहरु
जनतालाई गोलिले भुटेकाहरु
तिनैहुन् हामीसंग आज पनि आतंकित हुनेहरु ।

फेरी पनि -२
हामिलाई आतंककारी करार गर्दै
मिडिया र सामाजिक संजालमा रुनेहरु ।
सामुहिक हत्याका सुराकी र खुनीहरु ।
चेलवेटीको अस्तित्व लिन जवरजस्ती छुनेहरु
यिनै हुन् आज पनि आतंकित हुनेहरु

अझै-२
आज पनि आतंकित छन्
हो हामी आतंककारी नै हौं ।
किनकी उनिहरु आतंकित अझै छन्
हामी जंगली नै हौं
अत्याचारी र भ्रष्टाचारीहरुका लागि
देशका तस्कर घुसखोरका लागि
जालि - जेली - झेली देश खोक्रो पारी
घोक्रो फुलाई भ्रम छर्नेहरुका लागि ।
हो हामी आतंककारी हौं

हो म आतंककारी भइरहने छु !
हामी आतंककारी भइरहने छौं !

उनिहरु हामी संग आतंकित हुन्थे
आतंकित हुनेहरु हामीलाई आतंककारी भन्थे
हामी आतंककारी भयौं ।

आज , भोली र पर्सी पनि !-२
उनिहरु आतंकित भैरहनु ठिकै हो
किनकी-२
यो गणतन्त्र हाम्रै कारणले आयो
देशले संघियता हामिले भनेरै पायो
हाम्रो गणतन्त्रमा तिमी आतंकित नहुनु कसरी
रोऊ, कराऊ, चिच्च्याऊ बेस्सरी ! बेस्सरी!! बेस्सरी!!!

हो म आतंककारी भइरहने छु !
हामी आतंककारी भइरहने छौं !

सिस्ने गा.पा. ८ रुकुम पुर्व
अनेरास्वियू केस
साविक -अखिल(क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष
काठमाडौं नेपाल ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर