annapurna add

dilliraj acharya prakitik dandaकोरोना तिम्रो हाम्रो जीवनमा अभुतपूर्व
कहर बनेर आयो
तिमी हामी सबैले पत्याउँनै नसक्ने गरी
सारा सँसार हल्लायो
एटम, हाइड्रोजन, राडारधारीहरु
अँध्यारो कोठा मैँ रहे
धन दौलतका मसिहाहरु पनि
बाँचिन्छ कि मरिन्छ भन्नेमा गए ।

प्रत्येक दिन करिब तीन हजारका दरले
मानव काल बन्दै आएकोछ
बिस्तारको रफ्तारका साथ सबैतिर
पख्लास् पख्लास् भन्दै धाएको छ ।

तिमीले पूजेका पण्डित, मौलाना, पादरी, भिक्षुहरु
कसैलेपनि सँभावित कोरोना कहर देख्न सकेनन्
तिमीले सम्झेका देउ देउता वा इश्वरका प्रतीकहरुले
कोरोनालाई छेक्न सकेनन्
हेर त, कस्तो महाकाल बनेर आयो
हेर त, यत्रतत्र सर्वत्र, धेरै सतायो
पृथ्वीतलका सकल मान्छेहरुलाई
न दिनको भोक, न रातको निद्रा बनायो
कुनै एक वा एक भेग मात्र होइन
सारा सँसारलाई हल्लायो
महान वैज्ञानिकहरु वा भूत भविष्यवक्ताहरु
सबै सबै नादान भए
चिकित्सा विज्ञानका रथी र महारथीहरु
सबै सबै नाकाम भए ।

कोरोना नआउनु थियो, आयो
कोरोनाले न सताउनु थियो, सतायो
तर गमेर हेर, कोरोना किन आयो ?
नचिनेको, नजानेको र नमानेको तर सताउनु सतायो ।

अर्थात कोरोना किन र के का लागि आयो ?
सम्झौँ त, कतै तिमी हामीले विवेक छोड्यौँ कि
प्रकृतिको नियमलाई वलात् रुपमा तोड्यौँ  ?
नीति, नैतिकता र मानवीयता हरायो कि
धन सङ्गालेर अजम्बरी बन्न खोज्दै,
मन सँगाल्न छोडयौँ ?
मेरो निम्छरो बुद्दिमा लागेको छ
केही न केही कसूर, तिमी हामीबाट भयो
त्यसैले तिमी हामीलाई कठोर दण्ड दिन
प्रकृति कोरोना बनेर आयो
सारा सँसार हल्लायो ।

अब होसियार बन्नुछ, प्रायश्चित गर्नुछ
नैतिकता, विवेक, इमान र मानवता बाहेक
पृथ्वीतलमा सर्वौषधि केही रहेनछ भन्नुछ
प्रकृति माथिको मानव वलात्कार अन्त गर्नुछ
धन, दौलत, शक्तिको अहमता जोडेर होइन
मानवता जोडेर मर्नुछ  ।

सम्झ, यो अन्तिम मौका हो, तिम्रो हाम्रो लागि
अबपनि नैतिकता, इमान, विवेक र मानवता
तोड्यौँ वा छोड्यौँभने
प्रकृति झन् कठोर बन्नेछ
महा कोरोना बनेर आउँनेछ
महा कोरोनाको भयङ्कर आँधिले
तिमी हामीलाई मात्र होइन
सारा सँसारलाई डुवाउँनेछ ।

त्यसैले आउ
नैतिकता, विवेक, इमान र मावनता साँचौ
सबैखाले बिकृति र विसँगति हटाउँदै बाचौँ
नैतिकता ,विवेक, ईमान र मानवता साचाैँ
सबैखाले बिकृति र विसँगति हटाउँदै बाचौँ ।
 
२०७६ चैत्र २१ माइस्थान, वीरगन्ज

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...