कविता: चरित्रको मापन

charitra ko mapanएउटा पुरुष योैवनको आवेगमा
चरम सन्तुष्टिको अनुभुती लिँदै
जब सुन्छ महिलाको आर्तनाद
ठान्छ आफूँलाई सिकारी बाघ।
छिनमै स्खलित हुन्छ पुरुष ।
एउटा बन्छ खत्रा खेलाडी चरित्रवान
र अर्को बन्छे खतम चरित्रहिन
यस्तै छ यहाँ चरित्रको मापदण्ड।

शरीर बन्धकी राखेर 
दुई छाक खानु पर्ने 
के बाध्यता पर्यो त्यो केटिलाई?

शरिरको सम्पुर्ण पाटपुर्जा 
विग्रिएर थलापरेका विरामीहरु
मनमा जोश जाँगर लिएर
सुनोैलो सपना देखिरहेका छन।

गल्लि गल्लिमा योैनका प्यासीहरु
कसैको जिवन लिलामी गर्न
पर्खिरहेका छन।
अनि ऊ जिवनको कुनै बाटो देख्दिन
र जान्छे प्यासीका कोठा कोठामा
आफूलाई समर्पित गर्छे 
र देख्छे सपना रंगिन दुनियाँको।

पटक पटक उसको बारेमा सुने
तैपनी मलाई पत्याँर लागेन
उसले कदापी त्यस्तो काम गर्दिन
पढेलेखेकी ऊ शिक्षित वर्गमा पर्छे।
जसले बुझेकी छ यो समाज राष्ट
त्यस्ता मानिस पनि 
बाच्नको लागि नाङ्गिनु पर्छ र?

तर अचानक एक दिन 
अपरिचित सँग देखे
जे सुनेको थिए सत्य सावित भयो।
दुवै जना असिनपसिन 
अपरिचितको कोठा बाट झर्दै थिए।
एक अर्कामा लिप्त भई
आनन्दको अनुभुती लिएर

जम्काभेटमा उसको स्वर खुलेन
अनुहारको चमक हरायो
अलिपर हल्लाखल्ला थियो 
उसकै बारेमा।
सँगै कोठाबाट निस्केको पुरुष 
बहादुरी शाहसी चरित्रवान नै रहिरह्यो
ऊ निरिह भई सबको नजरमा 
एकै छिनमा चरित्रहिन बनि।

नाङ्गिनु उसको लागि केहि हैन
खोजी खोजी पुग्छे 
उसलाई यो शहरका हरेक 
कोठाको पर्दाहरुको याद छ।

यति कलंङकित हुन सक्छ र य‍ो समाज
केहि पात्रहरुको हकमा
शरिर सिर्फ प्यासीहरुमा 
समर्पित गरि रङ्गिन दुनियाँको
अनुभव गर्ने अस्त्र बन्न थाल्यो।

कोहि मान्छे त्यति सजिलै
आफूँलाई सर्वाङ्ग बनाउन सक्छ?
किन लाग्दैन उसलाई 
आफ्नै शरिर प्रति घृणा
महिलाको शरिर भोग गरेपछि
अर्कोलाई लाग्छ घृणा।

त्यति सजिलै कोठा चार्नेहरु
शालिन र सभ्य देखिन्छन
मानोैँ भएको केहि छैन
गाऊ टोल शहरमा
उसैको चर्चा भईरहदा पनि
मोैन छे सायद अब ऊ 
कुनै नयाँ कोठा पुग्दैछे।

दुनियाँले उसको शरिरको
चरित्रको मापन गरिरहदा
मतलव नगरि ऊ अगि बढ्दैछे
गर्दै छे फरक अनुभुती 
कुरा काट्दैछन यता।
आफूँले भेट्न नपाएको
गुनाशो गर्दै भन्दैछन
चरित्रहिन।

-हरि थापा

Kantipath Media

यो छुट्टाउनु भो कि..