annapurna add

120090919 335118110903937 3593189210485841081 n

मिति २०७७ असोज १० गते शनिबारका दिन नेपालभरका मेडिकल (एमबिबिएस) विद्यार्थीकाे छाता समूह 'Bridge' अन्तर्गत रहेर 'Bridge साहित्य समूह'ले अनलाइन मासिक कार्यक्रम "अब म बोल्छु"को दोस्रो भाग सम्पन्न गरेको छ।

करिब २० वक्ताहरूले कवितादेखि कथा, लेख, प्रेमपत्र, गजल वाचन गर्नुभएको थियो भने पाहुनाको रुपमा 'च्याट गर्ल' कथा सङ्ग्रह र 'पर्पला' उपन्यासका लेखक मिलन सङ्ग्रौला हुनुहुन्थ्यो। सङ्ग्रौलाजीसँगको भलाकुसारीमा उहाँ जोड्नुहुन्छ - "मेडिकलमा साहित्य यसरी मौलाएको रहेछ भन्ने हेक्का थिएन। निकै उत्कृष्ट रचनाहरू सुन्न पाएँ, हर्षित छु।"

कुना कन्दरामा रहेर, आफ्नो कलेजको स्मारिकामा मात्र सीमित रहने कैयौं नवआगन्तुक लेखकहरूलाई नेपाली साहित्यमा उदाउनको लागि कोशेढुंगा सावित रहने Bridge साहित्य समूहको ठम्याई छ। आगामी दिनहरूमा मासिक कार्यक्रमको निरन्तरता सँगै अन्य विविध साहित्यिक चौतारी, गोष्ठी लिएर आउने, राष्ट्रिय स्तरको मेडिकल साहित्य मेला गर्ने लक्ष्य समूहको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...