हितैषी भिम दाहालको सम्झनामा पशुपति चौलागाईं !

“ नमस्ते ! अलि जटिल पो भयो ज्वोरो १०२, अक्सिजनको लेबल ९२ भन्दा बढेन, प्रेसर त झन ८०/८५ मा झर्यो, शरीरको दुखाई बढ्यो, शरीर यति शिथिल छ कि सामान्य गतिविधि गर्न पनि नसकिने कान बन्द होला जस्तो आखामा पनि समस्या हेरौं डाक्टरहरु लागिरहनुभएको छ सुधार होला !”

“उस्तै छ”
“ कमजोरी धेरै ! प्रेसर १००/७०, ज्वरो नियन्त्रणमा छ । अक्सिजनको मात्रा ९२÷९४, खान मन नलाग्ने, आँखा दुख्ने र कानमा पनि समस्या छ । तर सुधार होला ।”

अस्पताल भर्ना भएपछि मेसेन्जरबाट प्राप्त भएका सूचना मसँग थिए । पहिलो दिनको भन्दा पछिल्लो सूचना सुधार उन्मुख र आशा लाग्दो देखिन्थ्यो ।

मेरो छिमेकी बाल दौँतरी, बालसखासँग धुस्रो फुस्रो भएर बाटोमा खेलेको ५७/५८ बर्ष बितेको यादै भएनछ । सायद २०२६ सालतिरको कुरो हो, एकदिन उसलाई खेल्ने ठाउँमा भेटिएन । म एक्लो भएँ । उसले पनि भनेन मैले पनि सोधिन । धेरैदिन बिते विहान बेलुका मात्र भेटिन्छ । एकदिन एकजना मेरा दाइले झुक्याएर स्कुलमा लगे । उ त त्यही पो रहेछ । अबदेखि सँधैभरी हाम्रो खेल्ने र पढ्ने ठाउँ त्यही भयो । ५ बर्षसम्म अर्थात २०३० सालसम्म हामीले पाँच कक्षासम्म त्यहीँ अध्ययन ग¥यौ । कक्षामा हामी प्रतिस्पर्धी थियौं । म छुच्चो र कडा स्वभावको थिएँ । तर उ सरल, मिजासिलो र मिलनसार थियो ।

पाँच कक्षा पास गरेर म नाम्दु हाईस्कुलमा भर्ना भएँ । तर उ गएन । १०/१५ दिनपछि भेट भयो र पढ्न नजाने ? भनेर सोधेँ । उ त गाउँको कृषि फार्ममा गोरुको गोठालोमा भर्ना भईसकेछ । मैले कर गरेँ तर उ मानेन । पछि गहभरी आँसु निकालेर भन्यो, “तिमी पढ्, तर मसँग ………… ।”

म एक्लो भएँ । म सँग पनि पैसा थिएन । तर मेरो दाइ सामन्य जागीरे हुनु हुन्थ्यो र मेरो पढाई खर्च दिनु हुन्थ्यो । ९/१० महिनापछि कति पैसा कमायौ र अब के गर्छौ ? भनेको सिक्किम जान रु १५० लाग्छ रे खै पुगेन ईन्डिया जाने सपना पूरा भएन । उस्को यो कथा हिजो अस्तिसम्म पनि बिगतलाई सम्झिएर खै १५० अहिले सम्म पनि जुटाउन नसकेर ईन्डियाको धोको पुगेन भन्थ्यो । अब यो सधैंका लागि अधुरै रह्यो ।

२०३१ सालमा काब्रेमा निम्न माध्यामिक विद्यालय खुल्यो मेरो सखा ६ कक्षामा भर्ना भयो । ७ कक्षा पास गरेर मैले पढ्ने स्कुलमा नै भर्ना भयो । मलाई सबैभन्दा खुशी लाग्यो । मन मिल्ने साथी मसँगै भयो । विद्यालय जाँदा आउँदा २/३ घन्टा हिंड्न पथ्र्यो । खुट्टामा चप्पल हुन्नथ्यो । भोक लाग्थ्यो गोजिमा पैसा थिएन । ८ मा पढ्दा उनले एउटा रातो टेरलिङको सर्ट लगाउथे । त्यो धेरै बलियो र चमकदार थियोे । मैले लगाएको चाहिँ खदरको पुरानो थियो । पछि बुझेँ, अमेरिकनको भारी सोलु सम्म पुर्यायर जोडेको सम्पत्ति रहेछ ।

२०३५/०३६ मा पन्चायती शासनको विरुद्धमा राष्ट्रव्यापी आन्दोलन भयो । नाम्दुको आन्दोलनको नेतृत्व हामीले नै ग¥यौं । म १० मा उनि ९ मा पढ्दै थियौ । ०३६ तिर स्ववियुको निर्वाचन भयो । म आफू उठेपछि १० का अरु उठ्ने देखेपछि म उठिन र उनलाइ सभापतिको उम्मेद्वार बनाएर चुनाब जिताइयो । यहिँबाट उनको संस्थागत राजनीतिको सुरुवात थियो । ०३६ मै अनेरास्ववियु एकताको पाँचौ सङगठनको रोहित के.सीको अध्यक्षतामा दोलखा जिल्ला कमिटि बन्यो र उनी त्यो कमिटीको उपाध्यक्ष भए । म टेस्ट पास गरेर शिक्षक भए । ऊनी खुला विद्यार्र्थी नेता । उनी र म विच यहि फरक थियो । ०३६ को जनमत संग्रहमा तत्कालीन नेकपा मालेले बहिस्कारको निति लिएपछि हामी त्यसको विपक्षमा उभियौं । पार्र्टीले बहिष्कार कै नीति लिएको भए हामी विकल्पको खोजिमा लागि सकेका थियौ ।

भूमिगत कालमा हामीले सगसँगै पार्र्टीमा काम ग¥यौं । पन्चायतको कठोर बेलामा आफ्ना क्षेत्रमा पार्टी संगठन निर्माण गरि अन्याय अत्याचारको बिरोधमा जनतालाई उतार्नु चुनौतीपूर्ण थियो । हाम्रो कामको मुल्यांकन गरेर होला उनी म र अन्य ४ जनाले ०३९ सालमै पार्टीको सङगठित सद्स्यता प्राप्त गरेका थियांै । शिक्षण पेशालाई थाँती राखेर उनी आइ एड पढ्न सानो ठिमी क्याम्पस गए । उनी क्याम्पसको सभापति मात्रै भएन्न अनेरास्ववियु केन्द्रिय कमिटीको सदस्य समेत भए । हो यहि बेला उनले आफ्नो राजनीतिक उचाई उठाए ।

०४५ सालमा नेकपा माले जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशन भयो । सायद हामी ११ जना सङगठित सदस्य मध्ये ७ जना उपस्थित थियौं । सोही बेला ५ सदस्यीय कमिटीको निर्वाचनमा म पनि उम्मेदवार थिए । उनी र म एकै क्षेत्रका कारण मैले उम्मेदवारी फिर्ता लिएँ । हाम्रो क्षेत्रबाट उनी निर्वाचित भए । स्मरण रहोस फिर्ता लिँदा पनि मलाइ १ भोट खसेको थियो । ०४५ सालमै काब्रेमा जिल्ला प्रशासनले मेजर अप्रेसन गरेको थियो । कारण त्यति बेला काब्रेमा पार्र्टी जिल्ला कमिटीको अफिस थियोे । हामी दुबै हनुमन्तेश्वरमा पढाइरहेका थियौं । ३०/४० जना प्रहरीले हामीलाई स्कुलमै घेराउ ग¥यो । म सुरक्षित भएँ, उनी पक्राउ । विद्युतिय करेन्ट लगाएर उनलाई ठुलो दण्ड सजायसहित ५/६ महिनाको कारागार सजाय दिईयो ।

०४६ मा पार्टीले पुरै काम गर्ने जिम्मेवारी दिनेगरी उनलाई जागीर छोडन सल्लाह दियो । आर्थिक कठिनाईका बाब्जुद पनि उनी पार्टी कामलाइ प्राथमिकता दिँदै अगाडी बढे । उनले अफ्ठेरो बेलामा पार्टीको सचिव जस्तो महत्वपूर्ण पदमा रहि सफलतापूर्वक सङ्गठन सञ्चालन गरे । उनको नेतृत्वकालमा संसदीय निर्वाचनमा पार्टीले ठूला–ठूला उपलब्धि हाँसिल गरेको थियो । २०५४ सालमा पार्टी बिभाजन भएपछि टुट फुट र विभाजित युवा संघ नेपालको जिम्मेवारी पार्टीले दिएपछि उनले अत्यन्तै क्रियाशील र कठोर मेहनत गरेर एउटा सशक्त संगठनको निर्माण गरेपछि उनी युवाहरूविच चर्चित बने । यहि प्रभावका कारण नेकपा एमालेको केन्द्रिय सदस्य मात्र भएन्न, पार्टीको पोलिटब्यूरो सदस्य जस्तो उच्च तहको जिम्मेवारी समेत प्राप्त गरे ।

पार्टीको उच्च जिम्मेवारी साथै संसदीय क्षेत्रमा पनि उनलाई २०५६ मा क्षेत्र न १ को सांसद , २०७० मा समानुपातिक सांसद र २०७४ मा बागमति प्रदेश दोलखा ‘ख’ को सांसदको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएको थियो । उनले समाज विकासमा गरेका दर्जनौं कार्यहरु छन । उनले शिक्षा क्षेत्रमा गरेका महत्वपूर्ण र सहकारीको प्रबद्र्धन र विकासमा गरेका उल्लेखनीय कार्यहरू छन् ।

गरिब किसान परिवारमा जन्मिएको, समस्यै समस्याले घेरिएको मेरो पुरानो बाल सखा स्वार्थ , दाउपेच र खिचातानिमा अल्झिरहेको वर्तमान राजनितिक अवस्थामा अस्पतालको शैयामा आफ्नो जीवन मरणको लडाइँ लडिरहेको थियो । जीवनका कठोर र चुनौतीपूर्ण अवस्थामा कहाली लाग्दा राजनितीक लडाइँ जित्यो तर पापिस्ट कोरोनालाई परास्त गर्न सकेन ।

निष्ठा र आदर्शको राजनीति गर्ने व्यक्ती, शालीन, धैर्यशील, ईमानदारिता, स्वाभिमानी जस्ता मुल्यहरुको बिम्ब कुशल राजनीतिज्ञ, दोलखाको चम्किलो तारा, आशा र भरोसाको केन्द्र, हिजोको मेरो बाल्यकालको आत्मीय साथी, आजको मेरो प्रिय नेता मेरो अभिभावक, जीवन भर साथ छोड्न नसकेको आदरणीय दाइ पशुपति चौलागाँईं हामी सबैलाई टुहुरा बनाएर कहिल्यै नफर्किने गरि जानू भयो । यस दुःखद घडीमा तपाईं प्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंले देखेका स्वर्ण सपनाहरू पूरा गर्न, अधुरो र अपूरो कामहरु पुरा गर्न लागि रहने प्रण पनि गर्दछु ।

(भिम दाहाल नेकपा एमाले (माधव समूह) दोलखाका अध्यक्ष हुन् ।)

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..