annapurna add

poetry by keshab taujale

यस कबिताका रचनाकार केशब ताैजले श्रेष्ट पेशाले शिक्षक एबं हेटाैडाकाे प्रतिष्ठित निजी बिद्यालय संचालक हुनुहुन्छ । वहाँ अाफ्नाे फुर्शदकाे समय साहित्य लेखनमा दिनुहुन्छ । उहाँका गध्य रचना हाेस वा पद्य ति रचनाले समाजका बिकृती प्रती कडा प्रहार गरिरहेकै हुन्छन ।

कन्तिपथले यस अगावै ताैजलेद्वारा लिखित लेख प्रकाशन गरेकाे थियाे । अाजकाे अँकमा हामी उहाँकाे फेसबुक वालमा भएकाे तथा लेखकद्वारा सार्वजनिक बाचन गरिएकाे याे बिद्राेही कबिता यहाँ साभार गरेका छाै । धन्यबाद

म हजुरको अरिंगाल बन्न सक्तिन ।

म भिजिलान्ते बन्न सक्दिन सरकार !

जब भावना पोख्न खोज्छ कागजमा,
आत्मा साक्षी राखी यो कवि,
किन हात कामिरहेछ कलम लिएर ?
नि:शब्द कबिता हुनसक्छ र ?

के म दास हुँ कसैको,
मालिकको आदेशानुसार बोल्ने र लेख्ने ?
के म मालिक हुँ कसैको,
जे मन लाग्यो त्यहि गर्ने ?
म भिजिलान्ते बन्न सक्दिन सरकार !
म कालोलाई कालै भन्छु,
सेतोलाई सेतै लेख्छु !
माफ गर्नुस !
म हजुरको अरिंगाल बन्न सक्तिन !

कोहि न्यायको निमित्त बोल्यो,
सुनियोजित रुपले आरोपित हुनु पर्ने,
षडयन्त्रकारीको तक्मा भिर्नु पर्ने
फेरी कठघरामा थुनिनु पर्ने ?
भ्रष्टाचार र अपराध बिरुद्ध बोल्यो
गणतन्त्र विरोधीको बिल्ला लगाउनु पर्ने ?
नियोजित इट्टा र भाला खानु पर्ने ?

के यहाँ अधिकांश अपराधि नै भएका हुन त ?
के यहाँ सबै भ्रष्टाचारी नै भएका हुन त ?
के सबै बलात्कारी कै मतियार भएका हुन त ?
न्याय माग्दा अन्सनमै मर्नु पर्ने नन्दप्रसादको के कुरा ?
निर्मलाको बलात्कारी र हत्याराको कारवाहीको के कुरा ?
सुन तस्करीका माछाको के कुरा ?
यहाँ मजदुरसंग कर उठाएर
एन्सेललाई कर मिनाहाका निम्ति आदेश दिने देशको कुरा
समातिएको सुनलाई पित्तल बनाउने कुरा

जब अभिभावक नै बलात्कारी भएपछी,
शासकले नै इट्टाभट्टामा जिउंदै जलाईदिएपछी
किन रुन्छौ कवि यसरी ?
भयो अब लेख्न छोडी देऊ,
भयो अब तिमि पनि खाडी जाऊ,
डिभी भरेर अमेरिका जाऊ !
अब यस्तो लाग्दै छ !
तिमि जस्ता बस्ने देश यो हुँदै होइन !
यहाँ बसेर यस्तो लेख्न थाले पछी
तिमीलाई पनि जिउंदै इट्टाभट्टामा जलाइने छ !
जहाँ पत्रकार पनि पार्टीको हुन्छ !
न्यायालय पनि पार्टीको हुन्छ !
अब यस्ता थाङ्गने कुराहरु लेख्न बन्द गर

यो राजनीतिले आतंक गर्ने हो कि
अपराधले राजनीति गरेको हो ?
यहाँ आतंक र अपराधलाई क्रान्ति भन्छ राजनीति
यहाँ राजनीतिलाई पेशा भन्छन् नेता !
सिद्धान्त नै गलत छन् कि हाम्रो सोच ?
अरबपति हुन्छन केहि पेशा नभएका नेता !
वाक-स्वतन्त्रताको भाषण गर्छ लोकतन्त्रमा !
तैपनि आफ्ना आवाज बोल्न सक्तैनन् गणतन्त्रमा !
जब न्याय पाइन्दैन न्यायालयमा !
जब बोल्न पाइन्दैन लोकतन्त्रमा !
जब मारिनेको आवाज बोलिन्दैन मानवधिकारमा !
जब भावना अभिब्यक्त गर्न सक्तैनन् गणतन्त्रमा !
म सम्झन्छु त्यो स्वतन्त्रताको जुलुशमा म एक्लै रहेछु !

महाशय !
जहाँ न्यायालय कम्जोर हुन्छ,
हजुर ! आफ्नो शासन छ भन्ठान्सिएला !
जहाँ कलाकारले यथार्थको गित गाउँदा
गित बन्देज गराउन आफ्नो शक्ति खर्च गरिबक्सेला !
जहाँ ब्यङ्गकारको ब्यङ्गभन्दा,
स्तुतिको अपेक्षा गरिबक्सेला !
जहाँ बुद्धिजीवीबाट सल्लाहभन्दा चाकडी रुचाईबक्सेला !
जहाँ पत्रकारबाट सत्य-तथ्यभन्दा प्रशंसा खोजिबक्सेला !
विश्व इतिहास पर्गेल्ने कोशिश गरिस्योस !
चाउचेस्कु, पोलपोट, भो टाढा नजाउँ,
नजिकैको हेरिस्योस, इन्दिरा-राजिव गान्धीको अन्त्य !


आज हजुर !
बाघ मार्नुलाई शिकार भनिबक्सनु हुन्छ भने.
भोलि बाघले मार्न थालेपछि
अत्याचार भो भनि नभनिस्योस !
अत्याचार भो भनि नभनिस्योस !
When a man wants to kill a tiger,
He calls it a sport,
When a tiger wants to kill a man,
He calls it a ferocity.

अस्तु !

रचना - केशब ताैजले श्रेष्ट, हेटाैडा ५

रचनाकार ताैजलेकाे कान्तिपथमा प्रकाशित बिचारोत्तेजक लेख यहाँ पढाै

कसरी हुन्छ देशको विकास, बयलगाडा चढेर अमेरिका पुग्ने ?

थप समाचारहरू

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

विश्वलाई आतङ्कित बनाइरहेकाे कोरोनाले संक्रमण कसरी गर्छ ?

कसले बनायो 'कोरोना भाइरस' ? खुल्यो यस्ताे रहस्य

कास्की पोखराको मेसिनले घरी पोजेटिभ देखाउँछ घरी नेगेटिभ'

पृथ्वी शान्त, घरभित्र हिंसा : लकडाउनले बढायो संसारभरी महिला हिंसा

 पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

पोखरामा कोरोना पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि काठमाडौं पठाइयो

बागलुङकी ६५ वर्षीया वृद्धा कोरोना संक्रमित

यस्तो छ कोरोना संक्रमित ४ जनाको स्वास्थ्य अवस्था

भविष्यवाणिमा कोरोना र सरकार

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

आज बिहान ६ बाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने (निर्णयसहित)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...