Hidden
पोखरा तिमीलाई अझ भव्यताको शुभेच्छा - डिल्लीराज आचार्य
वरिपरि हरियाली सफा जताततै
झुप्रा झाप्री बगर वस्ती हुने छैनन् कतै
रिङगरोडमा सरर्र गाडी सुस्तरी गुड्नेछन्
बाटीकामा चरीहरु मस्तरी उड्नेछन् ।१।
अभाव र उत्पीडन ती हुने छैनन् कतै
हिलो धुलो मैलो नभई सफा जता ततै
जहाँ गएनी बसुँ लाग्ने बन्नेछ यो धर्ती
यस्तै हुने के गरी हो मिल्ने छ लौ अर्ती ।२।
विबेकका अमृतले भरिनेछन् यहाँ कर्म
मानवता नै फुली दिने मानव सेवी धर्म
माथि माथि लेकैभरि वेभतरँगित तार
डाँडाभरि छाउँनेछन् वायरलेस-केवल कार ।३।
गाउँ सहर जताततै अभाव हुने छैन
शोषक सामन्त बाँकी यहाँ रहने नै भैन
समानता सबैतिर सबले न्याय पाउने
आई देशी बिदेशीले प्रीति यहीँ लाउने ।४।
दिन भन्दा उज्यालो त्यो रातै झलमल
पानी बत्ती सबै सेवा नभै अलमल
बन्द हडताल नहुने त्यो शान्तिमय जहाँ
हाँस्दै घुम्दै नाँच्दै डुल्ने पाहुनाहरु यहाँ ।५।
बिदेशी जहाज सिधै आइ यहीँ नै उड्नेछन्
रेलगाडी छकछक गर्दै चौघेरै गुड्नेछन्
रङ्गीचङगी देखिने छ यो पोखरेली घेरो
सवको मनचिन्ते भूमी बन्ने छ यो फेरो ।६।
खोजी अन्त नपाइने शान्त सौम्य काख
सबले राख्ने सधैँ सधैँ आगमनको चाख
सुन्दर शान्त सभ्य भव्य यो भूमि बन्ने छ
यहाँ आउँने हरेक मनले वा वा!पोखरा भन्ने छ ।७।
फेरि फेरि नि आउँझै लाग्ने धित् नमर्ने कैल्यै
बिर्सिउँ भन्दा नि आइरहने सम्झनामा जैले
सुन्दर, शान्त, सभ्य, भव्य यो भूमि बन्ने छ
यँहा आउने हरेक मनले जाउ पोखरा भन्ने छ ।८।
२०७१।०२।०७
(काव्यरसमा पोखरा- पाण्डुलिपिबाट )
प्रकासित मिति