गजल : चारैतिर फुटेका छन् बन्दुकका मुलहरू

गजल

चारैतिर फुटेका छन् बन्दुकका मुलहरू

कहाँ गए शान्ति खाेज्न परेवाका हुलहरू

रगत र पसिना चुस्नुसम्म चुसेर

राेपिदैछ जनताका छातिभित्र शुलहरू

शिक्षित बनेर सत्ता हत्याउलान् भन्ने डरले

अधिकार खाेस्न गरिदैछ ठूला ठूला भुलहरू

पीडै पीडामा पनि मुस्कुराउँछ याे अावाज

जसरी मुस्कुराउँछ काँडामाथि फूलहरू

              Ram Chandra Rijal Dhading

रामचन्द्र रिजाल थाक्रे २,धादिङ

Kantipath Media

यो छुट्टाउनु भो कि..