annapurna add

relay panity

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र बनाएर एकसय घण्टासम्मको ‘रिले पेन्टिङ’ सुरु भएको छ । प्रत्यक्ष कला कार्यशाला आइतवारदेखि चार दिन, चार रात र चार घण्टासम्म जारी रहनेछ भने कार्यक्रममा रुचि राख्ने सबैले भर्चुअल प्रत्यक्ष हेर्न सक्नेछन । यस कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।

नेपाल अन्तर्राष्ट्रिय जलरङ्ग सोसाईटी–नेपाल च्याप्टरद्वारा आइतबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सो प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले मन्त्री गुरुङको मुहारचित्र बनाएका हुन् । मन्त्री गुरुङले एकसय घण्टासम्म रिले कला डेमोष्ट्रेसन गरिने सो कार्यक्रमको उद्घाटन गर्दै नेपाली कलाले नेपाललाई विश्मै चिनाएको बताए । उनले नेपाली कला संस्कृतिको उन्नयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि समन्वय गर्न तत्पर रहेको पनि बताए ।

नेपाली कलाकारले एकसय घण्टासम्म प्रविधिको सहयोगमा भर्चुअल प्रत्यक्ष प्रशारणसहित जलरङ्ग प्रयोग गरी चित्र बनाएर विश्व रेकर्ड राख्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन सत्रमा उनको मुहार चित्र बनाइएको थियो ।

यस कार्यक्रमको पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति कान्छाकुमार कर्माचार्य, पोखराका कलाकार रमेश श्रेष्ठ, सरोजा खत्री, बुद्धि गुरुङलगायतका कलाकारले आफु रहेकै स्थानबाट प्रत्यक्ष चित्रकला सृजना गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...