annapurna add

Samjhana Paudel Karkiगोरखा भुकम्प २०७२ । जसले २०७२ सालको बैशाख महिनाभरी न राती सुत्न दियो, न त दिउँसो आरामले काम गर्न नै । यसको असर वर्षैभरी प¥यो । यो प्राकृतिक विपत्तीमा कसैले आफन्त गुमाए त कसैको सर्वोस्व गुम्यो । कतिका काखमा दुध चुस्दै गरेको शिशुहरु, त कती गर्भवती आमाहरुले ज्यान गुमाउन प¥यो ।

विसं २०७२ वैशाख १२ गते शनिबारको दिन मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७।६ रिक्टर स्केलको भूकम्प गयो । ८ हजार ७ सय ९० जनाले ज्यान गुमाउदा २२ जजार भन्दा बढि घाईते बने । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो ।

त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् ।

जसमा कसैले शरिरका सम्वेदनशिल अंगहहरु गुमाए भने, कतिपयको मानसिक सन्तुलन बिग्रीयो । कुल जनसंख्याको एक तिहाई अर्थात करिब ८ लाख मानीस यो भुकम्पबाट प्रभावित बने । गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाएको भुकम्पले यती ठुलो बिचल्ली पारिदियो की यसबाट स्वदेशी नागरिक तथा बाह्य पर्यटक कसैले पनि आफु सुरक्षित महशुश गर्न सकेनन् । कोही पहाडको पहिरो त कोही हिमालमा हिमपहिरोमा पुरिए । बाँचेकाहरुलाई पनि निरन्तरका ३ महिनासम्म निकै तड्पीन प¥यो ।

लगातर परकम्पका शक्तिशाली झड्का आउदा त्रिपाल र जस्ताको छाना मुनी बस्नबाध्य कसैको त्रास हटेन  । भुकम्प गएको ५ बर्ष भैसकेको छ तै पनि त्यो पीडा स्मरणमा आउँदा आजै, अहिल्यै हो जस्तो लाग्छ त्यो कालो दिन । सामान्य दैनीकमा व्यस्त मुलुक अकश्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनायो । जनताले कहिल्यो नभोगेकोे, नकल्पेको क्षति भयो । धरहरा, बसन्तप’र ढले । गाँउ, टोल देखि अस्पतालसम्म चिच्याहट फैलियो ।

पुन २९ गतको भुइचालोले पीडा र समस्या झन बढाइदियो । घर भत्के–नभत्केकाहरु सबै सडकको बास बसे । सडक–पेटी देखी अस्पताल, टुडीखेल, खुलामंञ्च जस्ता सार्वजनिक तथा खुला स्थानहरु खाली रहेनन् । पानी पर्दा समेत आफ्नो घरमा जान सकिने वातावरण बने। बैशाख १२ र २९ को भुइचालोमा १४ जिल्लामा बढि क्षति भयो ।

८ हजार बढि विद्यालयका भवनहरु लडे, करिब ८ सय ऐतिहाँसीक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखाँै निजि तथा सरकारी घर÷भवनहरु भत्कीँदा करिव ६६९ अर्ब रुपैंया बराबरको क्षति नेपालले व्यहोर्नु प¥यो । यद्यपी देश विदेशबाट एकसाथ आएको सहयोगले पीडितले उद्धार, उपचार र राहत पाए ।

देशले अलिकत भएपनि चयनको सास फेर्न पायो । नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । नेपालमा भूकम्प गएको पाँच वर्ष पूरा हुन लाग्दा पुनर्निर्माणले गति लिएको पाइन्छ ।  जसका कारण लाखौ भूकम्पपीडितहरु घरमा बस्न पाएका छन् ।

‘गोरखा भूकम्पुका कारण समस्यामा परेका मुलुकका विभिन्न आयोजनाले हाल  गति लिनेक्रम जारी रहेको छ । भूकम्पका कारण समस्या परेका धेरै सम्पदाहरुको मर्मतसम्भार भैरहेका छन् । जुनस्तरमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरिनुपर्ने हो त्यो भैरहँदा पुर्ननिमार्ण प्रति आम जनताको धारणा सकारात्मक बनेको पाइन्छ ।

गोरखा भूकम्पले दिएको पीडा कसैले बिर्सन सकेका छैनन् । त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११ औँ स्थानमा पर्दछ । नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । दैनिक स–साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ । विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रबाट आएको राहतले भुकम्प प्रभावितहरुलाई महिनौ सम्म खुशि तुल्यायो ।

त्यतिबेला त्रिपाल तथा टहराको असुरक्षित बसाइमा महामाहरी फैलन नदिन चालिएको स्वास्थ्य सचेतना सम्बन्धी कदम निकै प्रसंसनीय बन्यो । नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र विदेशी उद्धारक टोलीहरुको योगदान अतुलनीय देखियो । त्यस्तै निजामती कर्मचारी, युवा, राजनीतिक दल र कार्यकर्ता, स्वयमसेवी यस विपत्तीमा खोजी उद्धार र त्सपछि राहत वितरण र प’र्नस्थापनाको काममा जुटका थिए ।

राज्यले भुकम्पबाट भत्कीएका घरभवनहरुको पुनर्निमाणका लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको पनि स्थापना  गरेर गरेको काम प्रशंसनीय छ ।  यसरी २०७२ सालको भुकम्पलाई फर्केर हेर्दा भुकम्प पछिको राहत र पुर्नस्थापनको काममा हामीले उदाहणीय काम भएको पाउँन सक्छौ ।

विद्यालय पुर्ननिमार्णको अवस्था ःभूकम्पले भत्काएका पाँच हजार विद्यालय पुनर्निर्माण

०७२ सालको भूकम्पले भत्काएकामध्ये पाँच हजार ६३ विद्यालय पुनर्निर्माण पूरा भएको छ । निर्माण गर्नुपर्ने सात हजार दुई सय विद्यालयमध्ये पाँच हजार ६३ विद्यालय पुनर्निर्माण पूरा भएका हुन् । यस्तै एक हजार पाँच सय १६ निर्माणाधीन छन् भने तीन सय तीन विद्यालय निर्माणका लागि छनोट मात्र भएका छन् ।

भूकम्पबाट ३१ जिल्लाका सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयको २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण, १२ हजार पाँच सय २२ कक्षाकोठा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति पुगेको थियो । भूकम्पले भत्किएकामध्ये तीन सय ७० विद्यालय मर्ज भइसकेका छन् भने तीन सय ५० विद्यालयसँग भवन निर्माणका लागि जग्गासमेत छैन ।निर्माण पूरा भएका पाँच हजार ६३ मध्ये तीन हजार सात सय ९७ व्यवस्थापन समितिले पुनर्निर्माण गरेको हो । यसैगरी तीन सय ९३  निर्माण व्यवसायी र आठ सय ७३ गैरसरकारी संस्थामार्फत निर्माण भएका हुन् ।

व्यवस्थापन समितिमार्फत एक हजार दुई सय चार, व्यवसायीमार्फत दुई सय नौ र गैससमार्फत एक सय तीन विद्यालय निर्माणाधीन छन् । निर्माण छनोटमा रहेका पनि व्यवस्थापन समितिमार्फत नै निर्माण हुँदै छन् । व्यवस्थापन समितिमार्फत दुई सय ४३, व्यवसायीमार्फत ४६ र गैससमार्फत निर्माणका लागि १४ विद्यालय छनोट भएका छन् ।

भारतले सुरुमा ७० विद्यालय पुनर्निर्माण गर्ने घोषणा गरेको  थियो, तर पछि बजेटका कारण ६४ विद्यालय बनाउने जनाएको थियो ।

६४ मध्ये आठवटा विद्यालय मात्र निर्माणाधीन छन् । आयोजना अधिकारीका अनुसार गोरखामा तीन र नुवाकोटका पाँच विद्यालयको ७० प्रतिशत काम सम्पन्न भएको छ । ५६ विद्यालय निर्माणका लागि टेन्डर नोटिस प्रकाशित गरेको छ । चीन सरकारबाट सातवटा विद्यालय पुनर्निर्माण गर्ने सम्झौता भएको थियो । तीमध्ये एउटा विद्यालय भानु मावि दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणकाअनुसार २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा थिए। लकडाउनका कारण ती विद्यालयको पुनर्निर्माण कार्य रोकिएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...