annapurna add

jhcsaxiojcdisjdiksjdksjdkl

०७६ सालका लागि दिने भनिएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरेको हो । प्रतिष्ठानले पद्मश्री पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो ।

प्रतिष्ठानले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’ उप्रेतीले आफूले प्रश्रितसँग एउटै मंचमा बसेर उक्त पुरस्कार नलिने घोषणा गरेका थिए । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु तीन लाख रहेको छ ।

jiwa rPbhozNxVa

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार