annapurna add

Sanjeev Upreti 1

उपन्यासकार सञ्जीव उप्रेतीले आफ्नो पछिल्लो कृति ‘हंस’का लागि प्रदान गर्ने घोषणा गरिएको ‘पद्मश्री साहित्य पुरस्कार’ अस्वीकार गरेका छन्। उप्रेतीसँगै पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति भएकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने उनले आयोजकलाई जानकारी गराएका छन्।

‘म लैंगिक हिंसा, उत्पीडन, जातीय-भेदका बिरुद्ध बोलिरहने व्यक्ति भएर यौन उत्पीडनको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन सक्दिनँ,’ उनले भने, ‘प्रश्रितको देवासुर संग्राम मैले पनि पढेको छु, साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गर्न सक्दिन।’

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो। दुवै पुरस्कारको राशि ३/३ लाख रुपैयाँको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...