कलाकर्मीलाई राहतको लागि अमेरिकाबाट सुशील क्षेत्रीको एक लाख १६ हजार सहयोग

अमेरिकाबाट प्रसिद्ध नेपाली अभिनेता सुशील क्षेत्रीले ‘रजतपट कोसेली अभियान’लाई एक लाख १६ हजार सहयोग रकम पठाएका छन्। उनले आफ्नी छोरी सुभांगी क्षेत्री र श्रीमती सबिता क्षेत्रीको नाममा उक्त सहयोग रकम पठाएका हुन्। कलाकर्मीका लागि संचालित ‘रजतपट कोसेली अभियान’को तेस्रो चरणमा छ । यो अभियानमा प्रकाश सुबेदी लगायत जोडिएका छन् ।

विगत २ बर्ष देखि स-परिवार अमेरिकामा बस्दै आएका सुशील निकै चर्चित र लोकप्रिय कलाकार हुन्। सुशीलले ‘भाई, लडाइ, उपहार, गाजल, मेरो हजुर, आगो, जनयुद्ध, अनाथ, बादशाह’ लगायतका सय भन्दा बढि चलचित्रमा अभिनय गरेका छन्। ‘आगो’ सुशीलाको पहिलो सिनेमा हो। उनले एक बर्षमा ७ वटा सम्म चलचित्रमा अभिनय गरेका थिए।

नेपालमा चर्चा कमाइसकेपछि ‘मर्द रिक्सावाला, शेरनी, चण्डिका, दिदि तोर देवर दिवाना’ लगायतका ११ वटा भोजपुरी चलचित्रहरुमा समेत अभिनय गरेका छन्। उनले भारतमा सम्पन्न ‘कलाकार अवार्ड’ समेत जित्न सफल भएका थिए। उक्त अवार्ड बलिउड अभिनेत्री रानी मुखर्जीको हातबाट सुशीलले ग्रहण गरेका थिए।

अभिनेता सुशील क्षेत्रीलाई एक समय ‘लामो रेसको घोडा’ मानिन्थ्यो। बानी ब्यहोरामा सरल र अभिनयप्रति संवेदनशील उनलाई धेरैले त्यो उपाधि दिएका थिए। हाल उनी स-परिवार अमेरिकामा बस्दै आएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..