annapurna add

प्रधानमन्त्रीकै मुख ताक्ने हो भने, स्थानीय र प्रदेश सरकार किन चाहियो : भण्डारी

'काेराेना, लकडाउन' र गरिबी

विधिमा चल्ने 'कम्युनिस्ट' आज चिया पसलमा चल्दैछ !

Tigers and goats Arati Bhandariम कहिलेकाही कल्पना गर्छु !
एक्लै एक्लै सोच्ने गर्छु !
बाघ र बाख्रालाई एकै खोरमा बाधेर
कित दुबै मिलि घाँस खाउ
कि दुबै मिलि मासु खाउ भन्यो भने
साच्चै तिनिहरु के गर्लान ?
दुबैले घाँस खान्छु भन्लान् र ?
या दुबैले मासु नै खालान र ?
अह खादैनन 

बाघको प्रकृति मासु नै खाने हो 
बाख्राको प्रकृति खासै खाने हो 
दुबैलाई जबर्जस्ति कहाँ गर्न सकिएला ?
आलोचना र बिरोध फरक कुरा हो 
कमरेडहरुले सम्बन्धित ठाउमा
सम्बन्धित कमिटिमा
कहिल्यै आलोचना गर्नुभएन 
आत्मालोचना पनि गर्नुभएन
सकृयताको परिभाषा नबुझ्ने साथिहरु
योगदानको कदर गर्न नसक्ने साथिहरु
सरकारको बिरोध गर्न फुर्सद पाउनुभएको छ !
नेताहरु खुईल्याउन समय पाउनुभएको छ !
सन्सारभर कोलाहल मच्चिईरहेको बेला !
भोका नाङ्गा र असहायहरु !
दिनभर कोदालो खनेर छाक टार्नेहरु
एकल महिला र वृद्ध बा आमाहरु
अब के खाने भन्दै छट्पटीएका बेला 
न कमरेडले सरकारलाई सुझाव दिनुभो 
न कमरेडले सहयोग नै गर्नुभो
आफ्नै घरका दाजुभाई दिदिबहिनिहरु
आफ्नै घरका काका काकिहरु
आफ्नै परिवारका सदस्यहरु
कोहि कसैलाई सुझाब दिन नसक्ने 
बिरोधका निम्त्ती बिरोध मात्रै गरिरहने
यो त हाम्रो बिधिभित्र थिएन त साथी
कहाबाट आयात गरिदैछ ?

हामी सधै चाहन्छौ
बाघको कारण बाख्रा भोकै नमरोस्
बाख्राको कारण बाघ भोको नपरोस् 

लेखक  : आरती भण्डारी अनेरास्ववियू केन्द्रिय सदस्य हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...