annapurna add

sahadev poem new

अलिक परबाट
एउटा जीबन गाेधुली साँझलाई
नियात्रा आत्मसाथ गरेर
फर्किएकाे छ हाड र छाला सहितकाे
दुब्लाे शरीर लिएर
एउटा नयाँ जीवन बाँच्ने आशमा
घाेटिएकाे छ पसिना र रगतका तरेलीहरुमा
र पाेत्दैछ जीबनकाे क्यानभासमा
मन्जिल सपनाका मस्त आयामहरु ।
फाेका उठेका हात र चिरिएका पैतालाले
जीबनकाे लाेड उठाउन नसक्दा
शोषित र दमित हुनुको पिडालाई
निर्बिकल्प सहेर बस्नुपर्दा
न्याय र अन्यायको लेखाजोखालाई
खरिद-बिक्रीकाे साध्यमा साक्षी भएर बस्नुपर्दा
म त्यसैत्यसै मुकदर्शक भएर बसेकाे छु
याे असत्य माथी उभिएर
झुटकाे एकमात्र जिउँदो परिन्दा हुनुपर्दा।
कहिलेकाहीँ लाग्छ
एकदिन यी सबै दिनहरू फेरिन्छन्
जसरी अस्ति भन्दा हिजाे फरक थियाे
र हिजाे भन्दा आज फरक छ
त्यसैगरी आज भन्दा भाेली अबश्य फरक हुनेछ
म उहीँ पुरानाे म रहन्न
मेराे मुखमा उहीँ पुरानाे
बिबशताले ल्याएकाे कुरुपता रहदैन
म, सायद शुद्ध 'म' रहनेछु।
जुनदिन मैले मलाई पाउनेछु
त्यो दिन 'म' बाट मलाई कसैकाे
बिटुलाेमा बिट मार्ने छैन
म नदि भएर बग्नेछु
आफ्नै गतिमा
म हावा भएर बहनेछु
आफ्नै बहाबमा
म संगित भएर गुञ्जनेछु
आफ्नै गीतमा
म दम्भ गरेर उभिनेछु
आफ्नै स्वाभिमानमा।
एउटा नयाँ झंकार पैदा हुनेछ
अनमाेल दीप भित्र खुल्नेछ
खुशीकाे स्वतन्त्र घाम र उग्रनेछ
बादलकाे ओसिलाे छाँया
मेरा हात र पैतालाहरुले
खुशीकाे पराकम्पनलाई
मनकाे आगनमा स्वागत गर्नेछन्
त्यस समय मेरा खुशीका लयहरु
बयली खेल्दै जमिनबाट आकासमा पुग्नेछन्
मेराे इच्छापत्र भित्रका सपनाहरु जस्तै।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...