annapurna add

68715467 2398448766905034 6686976768034734080 n

दुर्दिनमा जन्मिएर 

उल्टै अभागीकाे नाम बाच्दै हुर्कीएकाे बेला,
निस्क्रीयताले निलेकाे
खाेक्राे उतेजनाभित्र
अल्छे आशाहरुसंग
अस्विकृत खुसीका बिम्बहरु बादल जस्तै मडारिएकाे बेला।
मेरा हरेक दिन, मसंग बांच्न यहाँ
सकारात्मक सपना बाेकेर आऊ मुनु तिमी
जिवनकाे शाश्वत परीपूर्णमा बचाईकाे अर्थ दिन आऊ मुनु तिमी।

हरेक पलसँग सम्झाैता गर्दै
पछारीदै, उठ्दै, खस्दै, समालीदै जिन्दगी बाचीरहेकाे बेला।
घटनाका छालहरुसँग डुबुल्किदै
रितीदै टैक्ने पाइलाहरु ,
आफै स्वयम हराएकाे बेला।
मेरा हरेक दिन, मसंग बांच्न यहाँ
ब्यर्थ क्षणहरुकाे लड्गडाे उपस्थीतीलाई हुत्याएर,
सबल अस्तीवकाे अर्थ बुझाउन आऊ मुनु तिमी ।

सपनाका स्वरहरु कुन्ठीदै
बिपना यहाँ बल्तकार भएकाे बेला
पुराना अमीला ब्यथाहरु
बिगतका धमीला छापहरु
क्यानभासमा बिम्बीत भएकाे बेला
मेरा हरेक दिन, मसंग बांच्न यहाँ
मानिस बन्ने प्रेम उत्कर्ष दिन आऊ मुनु तिमी
जिवनकाे अमृतता
प्रकाश्य रहरहरुका मानविय दियाे बाल्न आऊ मुनु तिमी
मेरा हरेक दिन, मसंग बांच्न यहाँ
मानवता भएर छाऊ मुनु तिमी।

✍️इश्वर चौंलागाई

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...