कस्तो दुर्दिन देखियो शहरमा न्यायालयै ध्वस्त भो

कस्तो दुर्दिन देखियो शहरमा न्यायालयै ध्वस्त भो
न्यायाधीशहरू लडेर झगडा क्या विघ्न विध्वंस भो ।
मेरो यो कविता सशक्त उजुरी गर्दै छ इजहार यो
हाम्रो न्याय सडेर जिर्ण हुन गो जिर्णै छ सरकार यो।।

हाम्रा नालिस मुल्यहिन हुन गो आशा निराशा भयो
हाम्रो स्वच्छ पवित्र न्यायघरमा अन्यायीको बास भो।
के फिराद गरौं कवि हृदयले हे ! न्यायमुर्तिहरू
हे न्यायाधीश हो तिमी बस तलै मुसो बसाल्छौ बरु ।।

श्रीमान् हूँ भनी भन्नका मन भए “श्री”का सरि काज् गर
न्यायै धर्म निसाफ गर्न नसके के काम तिम्रो छ र ?
हो न्यायालय त्यो पवित्रतम थलो क्रिडा सबै छोड हे
बिचौला मतियार भाडहरूको जालो सबै तोड हे ।।

हाम्रो न्याय मरेर मृत सरि भो अन्यौल अन्यौल भो
दोषीलाई सुली चढाउ भगवन् त्यो न्यायको मूल्य हो।
गोर्खा जाउकी न्याय खोज्न गतिलो चौतारीको मुन्तिर
थुप्रै मिसिल बन्धकी बनिसक्यो चुक्यौं तिमी आखिर ।।

🖊️ ऋषभदेव घिमिरे
(ललितपुर,गोदावरी, हाल: अमेरिका)

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..