नेपालका गाडीले बोक्न सक्नेजति मान्छे एमालेको महाधिवेशनमा आउनेछन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाधिवेशनमा मानिसहरुको बाक्लो भीड उपस्थित हुने दाबी गरेका छन्। मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा नेपालका बसहरुको क्षमतासरहकै मानिस उपस्थित हुने बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘नेपालका सवारीसाधनले बोक्न सक्नेजति मानिस आउनेछन्, मानिस बोक्ने गाडीको कमी हुनसक्छ।’ उनले महाधिवेशन उद्घाटन सत्रमा ५ लाख बढी मानिस सहभागी हुने दाबी गरे। एमालेको दशौं महाधिवेशन यही मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ। महाधिवेशनमा विदेशी प्रतिनिधिमण्डलको सहभागिता रहने पनि ओलीले बताए। ओलीले सहमति नजुटे दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन्।

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन्। एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन्। उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरे। ‘पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा’, प्रश्न गर्दै ओलीले थपे, ‘मेरा कारणले कसैलाई दबाब दिन्न, दबाब हुने खालका कुनै काम हुँदैन। मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म।’

अध्यक्ष ओलीले विगतमा जो जो जहाँ भए पनि अहिले सबै एमाले नै भएको बताए। ‘हिजो को कता भन्ने हो, आज हामी सबै एकै ठाउँमा छौँ, अहिलेको व्यवस्थापन भनेको चुनाव भोट ल्याएर जित्ने हो, यसको पक्ष र त्यसको पक्ष भनिरहँदा पार्टी एकजुट हुँदैन, हाम्रोमा नेताको व्यवस्थापन मुख्य कुरा होइन’, ओलीले थपे ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..