खाली सिलिन्डर बोकेर विद्यार्थी नेताहरु सडकमा

  • 2 months अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न दलनिकट विद्यार्थी संगठनले सिलिन्डर बोकेर जुलुस निकालेका छन्। आइतबार दिउँसो काठमाडौंमा विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन्।

उनीहरूले सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायत पोस्टर लेखेर टाँसेका थिए। सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) सहितका अन्य विद्यार्थी संगठनहरुले आइतवार प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्। उक्त विरोध प्रदर्शनका क्रममा पंचा सिंह, सुदेश पराजुलीसहितका विद्यार्थी नेताहरु सहभागी थिए ।

पछिल्लो पटक आयल निगमले घाटा चुलिएको भन्दै साता बिराउँदै पेट्रोलियमको मूल्य बढाएपछि गठबन्धन सरकारको आलोचना भइरहेको छ।