पेसी तोक्ने ‘तजबिजी’ अधिकार जबराबाट खोसियो: अब यसरी तोकिनेछ गोलाप्रथामा पेसी

गोलाप्रथाबाट पेसी तोक्ने संशोधित नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइँदैछ। बिहीबारको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को निर्णयअनुसार राजपत्रमा प्रकाशन गर्न आज, शुक्रबार नियमावली र निर्देशिका कानुन मन्त्रालय पठाउन लागिएको हो। उक्त नियमावली र निर्देशिका आजै राजपत्रमा प्रकाशित गर्ने तयारी छ।

राजपत्रमा प्रकाशित भएपछि गोलाप्रथाबाट पेसी तोकिनेछ। जसले प्रधानन्यायाधीशको पेसी तोक्ने ‘तजबिजी’ अधिकार खोसिनेछ। सम्भवत: आइतबारदेखि नै गोलाप्रथाबाट पेसी तोकिनेछ। गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको फुलकोर्टमा राणा भने सहभागी थिएनन्। सर्वोच्चका १९ जना न्यायाधीश सहभागी बैठकले नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय गरेको र उक्त निर्णय मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणासमक्ष पठाइएको थियो। त्यसपछि राणाले पनि हस्ताक्षर गरेका थिए।

के छ गोला प्रक्रियासम्बन्धी कार्यविधि निर्देशिकामा ?

न्यायाधीश मीरा खड्का नेतृत्वको समितिले तयार पारेको गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिकामा निम्न अनुसार थैलीबाट गोला तानिने उल्लेख छ–

–गोला तान्ने प्रयोजनका लागि समान रुप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिनेछ।
–गोटीलाई एक अपारदर्शी थैलीमा राखिनेछ।
–प्रधानन्यायाधीश र न्यायाधीशहरूले वरिष्ठताका आधारमा क्रमशः सबै न्यायाधीशले एक–एकवटा गोटी तान्नुपर्नेछ।
–तानिएको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाई गोटीको संकेताङ्क प्रष्ट बुझाउने गरी सुनाउनुपर्नेछ। सोको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिनेछ।
–गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिनेछ। यसका लागि छुट्टा–छुट्टै थैली र गोटीको व्यवस्था गरिनेछ।
–गोटी उपस्थित न्यायाधीशहरूद्वारा वरिष्ठताका आधारमा तानिनेछ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..