Hidden
सिंहदरबारको आसपासमा यसरी मनायो नेकपाले पार्टी पुनर्गठन दिवस (तस्विरसहित)
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले सातौँ पार्टी पुर्नगठन दिवस मनाएको छ ।
नेकपाले काठमाडौंको सिंहदरबारको आसपासमा सातौँ पार्टी पुनर्गठन दिवस मनाएको जानकारी दिएको छ ।
सातौ पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाऔँ भन्ने नारा लेखिएको पुष्प गुच्छासहितको बेलुन आकाशतिर प्रक्षेपण गरेको थियो ।
त्यस्तै नेकपा काठमाडौं जिल्ला समितिले टोखा, दक्षिणकाली, नागार्जुन र चन्द्रागिरीमा पनि त्यही प्रकृतिको कार्यक्रम गरेको सो पार्टीले जनाकारी दिएको छ ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवसको दिन सुरक्षा व्वस्था कडा पारेपनि नेकपाले आफ्नो सापेक्षतामा कार्यक्रम गरिरहेको छ ।
त्यस्तै सुरक्षा निकायलाई छलेर नेकपा काठमाडौं जिल्लाले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।
करिब रक्तदान कार्यक्रममा १०० जनाबढी काठमाडौं जिल्ला समिति सदस्यहरु, जबसका नेताहरुले सहभागिता जनाएको सो पार्टीले जानकारी दिएको छ ।
ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथी करिब दुई बर्षदेखी प्रतिबन्ध लगाएको छ, सरकारले सो पार्टीलाई एक महिना भित्र नियन्त्रणमा लिने दाबी गरेको थियो तर सरकारको धरपकड र दमनका बाबजुद नेकपाका राजनीतिक गतिविधि भने प्रतेक दिन आक्रमक बन्दै गएका छन् ।
नेकपाले देशैभरी पार्टी पुनर्गठन दिवस मनाईरहेको नेकपा स्रोत बताउँछ ।
प्रकासित मिति