Hidden
थाल ठटाएर नाराबाजीसहित प्रधानमन्त्री निवास बालुवाटारमा सरकार खोज्दै पत्रकारहरू
काठमाडौँ । काठमाडौँका सञ्चारगृहका पीडित पत्रकार र कर्मचारीले मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार खाेज्दै एक घण्टा धर्ना दिएका छन्।
लामो समयदेखि ठूला मिडियाहाउसले कर्मचारीहरुलाई जबरजस्ती कामबाट निकालेको, न्यनतम पारिश्रमक समितिले निर्धारण गरेको तलब नदिएको, काम बाट निकालएका पत्रकार तथा कर्मचारीहरुलाई तत्काल पुरबाहालीको माग राखेर आन्दोलनमा उत्रिएका पत्रकारहरु र श्रमजीवीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा सरकार कता छ भन्दै घेराउ गरेका छन् ।
कोरोना महामारीको बेला न्युनतम मानवीयतालाई बिर्सेर मिडिया मालिकहरुले पत्रकार र कर्मचारीको पेटमा लात हानेर सडकमै पुर्याइदिएपछि त्यसको प्रतिरोध सडकबाटै गर्ने भन्दै थाल ठटाएर नाराबाजीसहित भब्य प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मेदेव जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, राष्ट्रिय दलित पत्रकार संघ उपत्यका कमिटीका उपाध्याय गणेश बिक,मुक्तीखबर डटकमका उप-सम्पादक भुमिराज अधिकारी, नेपाल प्रेस युनियनका नेता जगनाथ दुफाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो ।
कतियप सञ्चारगृहले श्रमजीवीलाई नियुक्तिपत्र समेत नदिएको पाइएको छ। ठूला सञ्चारगृहले श्रमजीवीबाट उठाएको कर समेत सरकारलाई नबुझाई कर छली समेत गरेको खुलासा भएको छ।
श्रमजीवीले आफूले बुझाएको करचुक्ता प्रमाणपत्र पनि उपलब्ध गराउन सञ्चारगृहका व्यवस्थापनलाई आग्रह गर्दै आएका छन्।
अधिकांश सञ्चारगृहले त्यस्तो करोडौँ रुपैयाँ सरकारलाई नबुझाएको स्पष्ट भएको छ। असोज १५ गतेदेखि पीडित श्रमजीवीले नयाँ बानेश्वरमा पाँचदिने रिले अनशन गरेका थिए।
त्यसलगत्तै काठमाडौँका सञ्चारगृहका पीडित पत्रकार र कर्मचारीले आइतवार सूचना प्रसारण विभागमा लाल्टिन बालेर एक घण्टा धर्ना दिएका थिए।
अन्नपूर्ण पोष्ट दैनिक, कान्तिपुर टिभी, थापाथलीस्थित कान्तिपुर मीडिया ग्रुप, कारोबार दैनिक, नागरिक दैनिक र नेपाल आज अनलाइनको कार्यालय घेराउ गरेका थिए ।
दशैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।
तस्विर : गणेश विक / कान्तिपथ डटकम
प्रकासित मिति