जवानको परिक्षामा अर्काको परिक्षा लेख्दिने २ जना कर्याप्पै !

  • 2 weeks अगाडि

सशस्त्र प्रहरी बलको जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङका निल कुमार अदै र धनकुटाका सौहार्द राई छन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए ।