भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गर्ने अधिकारी पक्राउ
काठमाडौं। भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।
अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजार रूपैयाँसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्याई दुबईमा रहेका अर्का अभियुक्तले...