बिहिबार, फाल्गुन १, २०८१

Post Flag: Breaking

प्रहरी कुटने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

काठमाडौं । डयुटीमा रहेका प्रहरीमाथी कुटपिट गर्ने नेकपा एमाले निकट बिधार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । नेपाल प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ  प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेको र ‘उन्मुक्ति’ दिएको आरोप लागेको हो । ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृहमन्त्री...

Continue reading

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा मङ्गलबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक झिल्के थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । यसैगरी, उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने मधेश प्रदेश प्रहरी...

Continue reading

प्रहरीद्वारा ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद

 रौतहट । बारास्थित प्रहरीको गस्ती टोलीले छुटाछुटै स्थानबाट ५५ किलो गाँजा र १३ किलो अफिम र एक लाख भन्दा बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। सोमवार राती बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट बरिष्ट सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अमलेखगंज चोकस्थितमा हेटौडाबाट वीरगंजतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकल रोक्न खोज्दा झोला फाली फरार भएको थियो । उक्त झोला खोली हेर्दा  लागू औषध गाँजा २८ किलो (२ पोका) बरामद भएको बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताएका छन्। त्यसै गरि आज बिहान साढे ९ बजे बरिष्ठ सई कार्कीकै कमाण्डमा गएको...

Continue reading

बुढानीलकण्ठमा घरै लिएर अनलाइन जुवा, २३ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीको कमान्डमा हिजो रातभरि भएको अपरेसनमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज बिहानसम्म चलेको अपरेसनमा प्रहरीले काठमाडौंको बुढालिकण्ठ नगरपालिका(३ बाट अनलाइन जुवा ९सट्टेबाजी० गराएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरू अधिकांश भारतीय रहेको बुझिएको छ। तर, प्रहरीले उनीहरूको साथबाट पहिचान खुल्ने कागजपत्र खोजी गरिरहेको छ। उनीहरू त्यही नै बसेर रातिसम्म कारोबार गर्ने गरेको देखिएको छ। अनलाइन जुवाको लागि उनीहरूले दवाङ दोर्जे शेर्पाको दुई तले घर नै भाडामा लिएर कारोबार गरेको देखिएको छ। प्रहरीले राति घरमा छापा...

Continue reading

प्रहरी कुट्ने ४ जना पक्राउ

तनहुँ । व्यास नगरपालिका- ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास- ४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास- १ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको...

Continue reading

नेपाल प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ । माघ २४ गते काठमाडौं महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए । ताप्लेजुङका दिनेश सिग्देल र डडेलधुराका रमेश फुलारालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय...

Continue reading

डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी रविन्द्र केसीको राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन्। एआइजी केसीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। ‘बिरामी र घरायसी कारणले उनले राजीनामा पत्र बुझाउनु भएको छ,’ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकनिकट स्रोतले भन्यो। केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने ‘विशिष्ट’ छ। केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको थियो। भट्टराई र केसी दुबै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्। कुँवरले आफ्ना सबै ब्याचमेटलाई...

Continue reading

आज टेडी डे : सम्बन्ध अझै सुमधुर बनाउन प्रेमिकालाई दिनुहोस् उपहार..!

अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ । ७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११ फेब्रुअरी प्रोमिस डे, १२ फेब्रुअरी हग डे, १३ फेब्रुअरी किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ। यस अन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् । भ्यालेन्टाइन सप्ताह : चकलेटको इतिहास, कसरी तितोबाट...

Continue reading

नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि २ वर्ष राख्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको एआईजीको पदावधि दुई वर्ष राख्न प्रस्ताव गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा अस्पतालको प्रमुखको रूपमा एआईजीको पदावधि २ वर्ष कायम गर्न प्रस्ताव गरिएको हो । मौजुदा ऐनमा अस्पतालको एआईजीको पदावधि ३ वर्ष छ । विधेयकको दफा– ५३ अनुसार विशेषज्ञता हासिल गरेका प्राविधिक तर्फका डीआईजी, एसएसपी र एसपीको हकमा पदावधि लागू नगर्ने विधेयकमा व्यवस्था छ ।

Continue reading

भ्यालेन्टाइन सप्ताह : चकलेटको इतिहास, कसरी तितोबाट मिठोमा परिणत भयो ?

काठमाडाैं । यत्तिबेला ‘प्रणय दिवस’ अर्थात भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । आज ‘भ्यालेन्टाइन डे’ को तेस्रो दिन ‘चकलेट डे’ हो । हरेक साल फेब्रुअरी महिनाको ९ तारिखमा विश्वभरी नै ‘चकलेट डे’ लाई धुमधामका साथ मनाउने गरिन्छ । भ्यालेन्टाइन सप्ताह : आज ‘प्रपोज डे’, कसरी राख्दै हुनुहुन्छ ‘प्रेम प्रस्ताव’ नेपालमा पनि पछिल्लो समयमा यस ‘डे’ ले चर्चा पाउन थालेको छ । युवायुवतीहरू, प्रेमी/प्रेमिका, साथीभाइ र विशेषगरी यस ‘डे’ लाई मान्यता दिनेहरूले बढी रोमान्टिक तबरले मनाउने गर्छन् । आज रोज डेः कुन रंगको गुलाब कस्लाई दिने ? यो सप्ताह प्रेम, प्रेमको शक्तिमा पूर्ण रूपमा समर्पित छ । यो हप्ताभर एकले...

Continue reading

कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको रू एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ...

Continue reading

काठमाडौंमा प्रहरी कुट्ने विद्यार्थी नेता फरार, दुई प्रहरी सिकिस्त

काठमाडौ । काठमाडौं ड्युटीमा खटिएका प्रहरी कुट्ने विद्यार्थी संगठन अनेरास्ववियुका नेता फरार भएका छन् । उनीहरुले प्रहरीमाथि गए राति सांघातिक आक्रमण गरेका थिए । प्रहरी वृत्त, दरबारमार्ग अन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि राति १२ बजे आक्रमण भएको प्रहरीले जनाएको छ । विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट...

Continue reading

राइस कुकर बनाउने बहानामा ‘हनी ट्रयाप’ : १० लाखकाे डिल, अस्मिता पक्राउ

काठमाडौं । ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्। आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अपराह्न कुलेश्वरबाटै पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेकी थिइन्। ‘राइस कुकर बनाउने बहानामा पटक-पटक कोठामा बोलाएर रकम मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ आचार्यले भने। रकम नदिए जबरजस्ती करणी...

Continue reading

बाल बिबाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाईयो: नेपाल प्रहरी

काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो । गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।  सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबिचको अन्तरजातीय बाल विवाह विवाहको विषयमा...

Continue reading

१ करोड ९५ लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ठिमी नगरपालिका-३ भक्तपुरबाट पक्राउ गरेको हो। उनीविरूद्ध १ करोड ९५ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको जाहेरी रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उनीविरूद्ध अन्य प्रहरी कार्यालयहरूमासमेत चार वटा मुद्दा दर्ता रहेको र ती मुद्दामा उनी फरार रहेको पाइएको आचार्यले बताए। पौडेललाई थप अनुसन्धान तथा कारबाहीको लागि...

Continue reading

गलत काम गर्नेहरु विरुद्ध कठोर बन्नुस् : एसएसपी अधिकारी

काठमाडाैं । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा आज प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘…विनाशाय च दुष्कृताम्’ उल्लेख गरे । यो श्लोकमा भनिएझैँ गलत काम गर्नेविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिएका हुन् । प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘सेवाको...

Continue reading

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

क्यानडाले देशभरी बेतलवी कामदार राखेको खुलेको छ ।  एम्नेस्टी इन्टरनेशनलले क्यानाडामा आप्रवासी कामदारहरूले देशको अस्थायी विदेशी कामदार कार्यक्रम अन्तर्गत काम गर्दा चकित पार्ने दुर्व्यवहार र भेदभावको पर्दाफास गरेको हो ।  हालै प्रकाशित प्रतिवेदनमा एम्नेस्टीले क्यानाडाको अस्थायी बिदेशी कामदार कार्यक्रम संरचनाको ब्यापका आलोचना गरेको छ । सो कार्यक्रममार्फत आएका  रोजगारदातालाई कृषि, खाद्य प्रशोधन, निर्माण र आतिथ्य लगायतका क्षेत्रहरूमा मुख्य रूपमा कम पारिश्रमिकको कामका लागि आप्रवासी कामदारहरू राख्न अनुमति दिइरहेको छ। मानव अधिकार संगठनले भनेका छन श्रमिककहरू सो कार्यक्रममा हानिकारक...

Continue reading

आज वसन्तपञ्चमीः देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान ०७:५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७:५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद...

Continue reading

सहकारी ठगी प्रकरण : चितवनमा रविसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ । प्रहरीको प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी...

Continue reading

बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ हेर्नुहोस् ? (सूचीसहित)

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ । ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित बढुवा भएर आइतबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आज जिम्मेवारी प्रदान गरिएको हो। आइतबार बेलुकाको निर्णय अनुसार प्रहरी महानिरीक्षकले एसपी पदस्थापनको निर्णय गर्दै केहीलाई काजमा अन्य कार्यालयमा खटाउने निर्णय गरेका छन्। SP padasthapanDownload

Continue reading

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प

पाँचथर । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । गृहमन्त्रीले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुुसार वार्ता र संवाद...

Continue reading

७५ डीएसपीका लागि ७९ इन्स्पेक्टरको प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को ७५ पद रिक्त रहेको छ । गत शुक्रबार ३७ डिएसपी एसपीमा बढुवा सिफारिस भएपछि डिएसपीको रिक्त पद संख्या ७५ पुगेको हो । ३८ पद पहिला नै रिक्त रहेकोमा ३७ थपिएपछि रिक्त पद संख्या ७५ पुगेको हो । ठूलो संख्यामा डिएसपी पद रिक्त भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको तयारी थालेको छ । बढुवा तयारी भएपछि डिएसपीमा बढुवा हुनका लागि प्रहरी निरीक्षकहरू (इन्स्पक्टर)हरु शक्तिकेन्द्र धाउन थालेका छन् । रिक्त ७५ डिएसपीमा बढुवा हुन २०७० मा भर्ना भएका ७९ इन्स्पेक्टर प्रतिष्पर्धामा रहेका हुन् । त्यो लटमा १४४ जना इन्स्पेक्टरमा भर्ना भएका थिए । ती मध्ये...

Continue reading

प्युठानमा चिन्तामणिको हत्या, २४ घण्टामै समातिए आरोपी

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । प्युठान प्रहरीले हत्या आरोपमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् । आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो । १८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत