बुधबार, मंसिर २०, २०८०

Post Flag: election

प्रदेशमा एमालेको सरकार ढल्दा माधव नेपालले खुच्चिङ्ग बजाए !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई गलहत्याएपछि अन्यत्र प्रदेशमा पनि यस्तै राजनीतिक परकम्पन जानुपर्ने औंल्याएका छन्। आइतबार प्रेस संगठन कैलाली शाखाले धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सुदूरपश्चिमको नवगठित सरकारलाई टिकाइराख्न आग्रह गरेका छन्। नेकपा एसलाई पार्टी नै नभएको भन्नेहरु सुदूरपश्चिमजस्तै खुइँलिँदै जाने नेता नेपालले दाबी गरे। एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो। एमाले नेतृत्वको सरकार ढलेसँगै प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका...

Continue reading

नेम्वाङ्ग कै घरमा ३ सांसद : वडा अध्यक्षबाट फुपू सासु सिधै समानुपातिक सांसद !

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो । आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ । समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट...

Continue reading

एमाले सचिव र कांग्रेस उपसभापति ११ भोटले अघिपछि !

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता कायम राखेकी छिन्। अर्यालले २ हजार ९ सय २० मत प्राप्त गरेकी छिन्। अर्यालले सुरुवातदेखि नै अग्रता कायम राखेकी हुन्। त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार ९ सय ९ मत प्राप्त गरेका छन्। उनीहरुबीच ११ मतको अन्तर छ। यसअघि धनराजभन्दा पद्मा ४४४ मतले अघि थिइन्। अहिले भने धनराले अफ्नो मतान्तर घटाएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिक राज गुरुङले ५ सय ८९ मत प्राप्त गरेका छन्। चुनाव सकिएको १० दिनपछि...

Continue reading

माधवसँगै बसेका दाईले जिते : ओलीको पछि लाग्ने भाईले हारे !

एमाले फुटेर केपी ओली र माधव नेपालको दुई पार्त्टी बन्दा दुईतिर लागेका पाण्डे दाजुभाई मध्ये एकले जित र एकले हारे बेहोरेका छन्। पार्टी विभाजनसँगै सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे पनि फरकफरक कित्तामा उभिएका थिए। भाई सुरेन्द्र नेकपा एमालेका उपाध्यक्ष हुन् भने दाई राजेन्द्र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन्। राजेन्द्रको निर्वाचन क्षेत्र धादिङ–१ हो भने सुरेन्द्रको चितवन–१। बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रले धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। ०७४ मा धादिङ १ (क) बाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र यो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। आठ हजार मतान्तरहित...

Continue reading

एमालेविहिन बन्यो सिन्धुपाल्चोक !

सिन्धुपाल्चोकका सबै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकका सबै सिटमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय ७४ मतसहित विजयी भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जित निकालेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई ८ हजार ८९२ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा...

Continue reading

६ हजार मतान्तरले जित्दै माओवादीका राजन दाहालले खाता खोले

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।

Continue reading

चुनाव हारेको पिडा भुलाउन रक्सी खाएर पल्टिने हैन ढुंगा बोक्न आउनुस : हर्क

आमनिर्वाचनमा पराजित राजनीतिक दलका नेताहरुलाई पीडा भुलाउन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ उपाय जुराएका छन् । “पीडा भुलाउन रक्सी खाएर पल्टिने होइन”,उनले भनेका छन् । निर्वाचनमा तुलनात्मक रुपमा युवा पुस्ता र नयाँ अनुहार विजयी भएकाले पराजित ती नेतालाई उनले धरानमा सम्मानका साथ ढुंगा बोक्न आमन्त्रण गरेका छन् । ढुंगा बोकेपछि ठूलो पेट घट्ने र मानिस स्वस्थ हुने उनको दावी छ । सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हार्नेहरुले पीडा भुलाउन रक्सी खाएर पल्टिनुभन्दा धरानमा सम्मानका साथ ढुंगा बोक्न आउनुहोला । ठूलो पेट घटेर मान्छे नि स्वस्थ हुन्छन् ।’

Continue reading

बालकोटबाट १० करोड बोकेर खतिवडालाई हराउन को निस्कियो ?

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले आफूलाई जुनसुकै हालतमा हराउन भन्दै केही व्यक्ति मोटो रकम खर्चेर लागिपरेको सूचना पाएको बताएका छन् । आज हेटौंडा उपमहानगरपालिका ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उनले एमालेसँग विद्रोह गरेर प्रतिगमनविरुद्धको लडाईंमा लागेकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूलाई आगामी चुनावमा जसरी पनि हराउने भन्दै केही व्यक्ति हात धोएर लागिपरेको जानकारी मिलेको उल्लेख गरेका हुन् । ‘विरोध र माधवलाई जसरी पनि चुनावमा हराउनुपर्छ भनेर केही मान्छे लागेका छन्,’ खतिवडाले भने, ‘एमाले...

Continue reading

प्रचण्ड गोरखाबाट चुनाव लड्ने चर्चा: अरु को-को छन् दाबेदार ?

विनोद घिमिरे । दलहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित हुन थालेका छन् । चुनावको नतिजा कस्तो आउला भनेर चासो र लेखाजोखा सहितको अनुमान गर्न थालिएको छ । आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् । २ निर्वाचन क्षेत्र रहेको गोरखामा स्थानीय निर्वाचनमा सफल देखिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत सरोकार जोडिएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका पनि आधा दर्जन बढी प्रभावशाली नेताहरुको ध्यान...

Continue reading

मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश...

Continue reading

नगरपालिकाका हाकिमको कान्छीसँग अफिस मै टिकटक: ‘चुकुल लगाएर’ डान्स !

रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले आफ्नो कार्यकक्षभित्रै टिकटक बनाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ। साहले आफ्नी श्रीमती रानी साहसँग कार्यकक्षको कुर्सीमा बसेर टिकटक बनाउँदै गरेको तस्बिर बाहिरिएको हो। साह इन्जिनियर पनि हुन् । साह करिब डेढ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नगरपालिकामा कार्यरत छन्। पछिल्लो समय सरकारी कार्यालयका कर्मचारीहरू कार्यालयमै बसेर टिकटक बनाउने होड नै चल्न थालेको छ। सडक, बजार, पार्कलगायतका स्थानहरूमा टिकटक बनाउने काम सामान्य बनिसकेको छ। श्रीमती रानी साहले केहि दिन अगाडी श्रीमानकै कुर्सीमा बसेर टिकटक बनाएकी...

Continue reading

अबको अर्थमन्त्री को ? वर्षमान नजाने, जनार्दनले नखाने, हरिबोल रोक्न दुवै एकजुट !

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले फेरि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न नजाने बताएका छन्। चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि असार २२ मा पदबाट राजीनामा दिएका शर्माले शनिबार यस्तो बताएका हुन्। जावलाखेलस्थित निजी निवासमा भेट्न आएका आफूनिकट माओवादी नेताहरूसँगको छलफलका क्रममा तत्कालै अर्थमन्त्रालयमा फर्किने पक्षमा नरहेको शर्माले बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्थमा जनार्दनलाई नै फर्काउन तयार छन्। ११ सदस्यीय संसदीय विशेष छानबिन समितिले...

Continue reading

नेकपा (माओवादी केन्द्र ) चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको पहिलो बैठक सम्पन्न

नेकपा (माओवादी केन्द्र ) रामेछाप – काठमाडौं सम्पर्क समन्वय समिती अन्तर्गत मन्थली नगरपालिका वडा न १० चनखु – काठमाडौं सम्पर्क समन्वय समितीको प्रमाण पत्र तथा प्रशिक्षण कार्यक्रम केन्द्रिय कार्यालय पेरिस डाडामा समापन भएको छ। कार्यक्रममा पोलिट ब्यूरो सदस्य तथा पूर्वी कमान्ड सचिव युवा नेता युवराज चौलागाईंको प्रमुख अतिथि,र बिशिस्ट अतिथिमा रामेछाप – काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष कर्णखर चौलागाईं , मन्थली नगर पार्टी अध्यक्ष शंकर बोहरा (निर्मल ) र मन्थली – काठमाडौं समन्वय समितिको अध्यक्ष जक्त श्रेष्ठ,अन्य नगर सदस्य, YCL केन्द्रिय सदस्य प्रदिप बोहोरा र जिल्ला सदस्यको उपस्थितमा...

Continue reading

“जतिबेला सडकमा हुन्छौं हामी विजयी हुन्छौं, हामीसँग जनता हुन्छन्”

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको मुख्य मोर्चा सडक नै भएको बताएका छन् । पार्टी बनाउने हो भने सडक, सदन र सरकार तीनै मोर्चाबाट पहलकदमी लिनुपर्ने भएपछि क्रान्तिकारीका लागि प्रमुख र निर्णायक मोर्चा भने सडक नै भएको उनको भनाइ छ । ‘हामीले सडक छाड्न मिल्दैन । तीन वटै मोर्चाबाट लडाइ लड्नुपर्छ’, प्रचण्डले भने, ‘तर क्रान्तिकारीका लागि मुख्य मोर्चा भनेको सडक नै हो । सडककै बलबाट निर्वाचन प्रणालीलाई समाजवाद उन्मुख बनाउनुपर्छ । शासकीय स्वरूपलाई पनि समाजवादउन्मुख बनाउनुपर्छ ।’ प्रचण्डले संविधान र संघीयता रक्षाका लागि सडकमा जानुपर्ने अवस्था देखिन थालेको बताएका छन् । “जतिबेला सडकमा हुन्छौं...

Continue reading

कान्तिपथ समाचार प्रभाव: दोलखाका सबै अवैध ढुंगा खानी बन्द गर्न सिडिओलाई निर्देशन !

दोलखाको बैतेश्वर गाउँपालिकामा अवैध ढुंगा खानी संचालनमा रहेको भन्दै खानी तथा भुगर्भ विभागमा उजुरी उपर कारबाही भएको छ । सम्पूर्ण सरोकारवालाको तर्फबाट भन्दै एक स्थानीयले विभागमा उजुरी गरेका थिए । खानी तथा भुगर्भ विभागले दोलखामा कुनै पनि खानी संचालनका लागि अनुमति नभएको भन्दै बन्द गर्न जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिएको छ । यस्तै खानी विभागले ढुंगा खानी बन्द गर्नका लागि बैतेश्वर गाउँपालिकालाई पनि पत्र लेखेको छ । यस सम्बन्धी कान्तिपथले प्रकाशित गरेका समाचार: बैतेश्वरमा बेथिति: बिना दर्ता करोडौंको ढुङ्गा खानी: बस्ति जोखिममा, २१ रोपनी जग्गा पहिरो कुर्दै ! बैतेश्वरमा जनप्रतिनिधिले...

Continue reading

जनतालाई खानेपानी खुवाउन आफैं साभेल चलाउदै कालिन्चोक ७ का वडाअध्यक्ष

कालिन्चोक गाउँपालिकाका एक वडा अध्यक्ष विकास निर्माणको काममा बिना पारिश्रमिक आफै खटिने गरेका छन् । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको समस्या हटाउनको लागि कालिन्चोक ७ का वडा अध्यक्ष राम पाण्डे ‘उदिप’ आफै साभेल बोकेर गिटी, बलुवा, सिमेन्ट मोल्न लागेको तस्बिरले यतिबेला सामाजिक संजालमा व्यापक सकारात्मक टिप्पणी पाएको छ । पालिकाको वडा नं ७ मा निर्माण हुँदै गरेको धमिरेखोला भदौरे ठुलाखेत लिफ्ट खानेपानी आयोजनाको निर्माणार्थ लागेको मजदुरसंगै पाण्डे पनि संगै देखिएका हुन् । उनी यो भन्दा अगाडी पनि सोलिङ्ग, सरसफाई लगायत विकास निर्माणको काममा जनतासंगै देखिदै आएका छन् । आफु श्रमिक...

Continue reading

नेपाल प्रहरीका १७ एसएसपीको डीआईजीमा बढुवा: कुँवर १ नम्बरमा, अरु को को ?

नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । आईजीपी धिरजप्रताप सिंह र एआईजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा...

Continue reading

गाउँपालिका उपाध्यक्षका देवरको मृत्यु हुँदा सार्वजनिक बिदा

रुपन्देहीको मर्चवारी गाउँपालिकामा उपाध्यक्षका नातेदारको मृत्युमा सार्वजनिक बिदा दिइएको छ। मर्चावरी गाउँपालिका रायपुर, रुपन्देहीको नवनिर्वाचत उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परि मृत्यु भएको भन्दै गाउँपालिकाले पालिकासहित सम्पूर्ण वडा कार्यालय, सामुदायिक तथा नीजि विद्यालय र अन्य संघ संस्था बन्द गर्न सूचना जारी गरेको छ। ‘उपाध्यक्ष आशा सिंहको दवर नाता पर्ने आज मिति २०६९/०३/ १५ गतेका दिन आइतबार दुर्घटनामा परि असामयिक अल्पआयुमा स्वर्गारोहरण’ भएको सूचनामा जनाइएको छ। मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘आज मिति...

Continue reading

राक्सिराङको सडक अलपत्र पार्ने कांग्रेसका दुई ठेकेदार सांसदलाई कारबाहीको माग

मकवानपुरको राक्सिराङस्थित परेवाभिरको निर्माण कार्यमा यो वर्ष पनि आलटाल देखिएको भन्दै बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रदीप घलानले फेसबुकमा फोटो/भिडियो सहित लामो पोस्ट लेख्दै निर्माण कम्पनीको विरोध गरेका छन् । उक्त सडक खण्ड कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद जिपछिरिङ्ग लामा र बागमती प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको जोईण्ट भेन्चरमा निर्माण भैरहेको छ । ३ सय २० मिटर लम्बाइको सडक र बेसमेन्टबाट ८ मिटर उचाइको ठेक्का बानियाँ निर्माण सेवाले लामा कन्स्ट्रक्सनसँग जेभीमा पारेको हो । ४ करोड रुपैयाँमा ठेक्का पारेका बानियाँले उसो त आफ्नै पैसामा बनाउँछु भनेर राजनीतिक...

Continue reading

आईजीपी नियुक्तिको विवाद ३० गते टुंगोमा पुग्ने

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति र एआईजीको बढुवासम्बन्धी परेको रिटमाथिको सुनुवाई जेठ ३० गते हुने भएको छ । आजका लागि सुनुवाइको मिति तोकिएपनि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन । नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको छ । डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाको विरुद्धमा गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै...

Continue reading

पुरस्कार कै धज्जी: बुथ कब्जा र गोली रोक्न नसक्ने डिएसपीलाई शान्तिपूर्ण चुनाव गराएको तक्मा !

बागमती प्रदेश प्रहरी कार्यालयले १० जिल्लाका प्रहरी प्रमुखहरुलाइ पुरस्कृत गरेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले आज नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा चितवन जिल्लाका प्रहरी प्रमुख नवराज अधिकारी सहित मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, सिन्धुपाल्चोक प्रहरी प्रमुख रामेश्वर प्रसाद यादव, सिन्धुलीका प्रहरी प्रमुख विमलराज कँडेल, नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाह, धादिङका प्रहरी प्रमुख राकेश सिंह र काभ्रेका प्रहरी प्रमुख...

Continue reading

यस्तो छ बालेनको विजय र्‍यालीको रुट

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ । मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेका छन् । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर काठमाडौंका थुप्रै स्थान परिक्रमा गर्ने बताइएको छ । बालेनको पक्षमा सक्रिय रहेका भिम उपाध्यायले फेसबुकमा लेखेअनुसार बालेनको समर्थनमा निस्कने जुलुस राष्ट्रिय सभागृहबाट भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ । त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक,...

Continue reading

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो । आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ । एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४ दशमलब ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लामा...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत