सोमवार, असार १३, २०७९

Post Flag: election

भीमदत्त र पुनर्वासमा कांग्रेस निर्वाचित

कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुनुहुन्छ । उहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित हुुनुभएको थियो । त्यसैगरी उपप्रमुखमा...

Continue reading

रम्भामा एमाले निर्वाचित

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गर्नुभएको...

Continue reading

कमलको अध्यक्षमा कांग्रेस ,उपाध्यक्षमा एमाले

झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित हुनुभएको थियो । कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त...

Continue reading

सुन्दरहरैचामा एमाले विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गर्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको दश वडा मध्ये नेपाली कांग्रेसका छ नेकपा (एमाले) का तीन , एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष...

Continue reading

शिवसताक्षीमा एमाले निर्वाचित

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित हुनुभएको हो । उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Continue reading

व्यासमा कांग्रेस विजयी

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गर्नुभयो । कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको...

Continue reading

कुनै सुविधा नलिने दमक नगर प्रमुखको घोषणा

झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गर्नुभएको छ । निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पार्नुभएको हो । जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गर्नुभयो । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उहाँले स्थानीय...

Continue reading

स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित शाहीद्वारा सपथग्रहण

हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका अध्यक्ष पदका प्रत्यासी प्यारीलाल शाही आईतबार सपथ लिएका छन्। अध्यक्ष शाहीलाई मुख्य निर्वाचन अधिकृत एव जिल्ला न्यायधिस जगतबहादुुर पौडेलले पद तथा गोपनीयताको सपथ खुुवाएका हुन्। मुुख्य निर्वाचन अधिकृत पौडेलले चङ्खेली गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित शाहीलाई सपथ खुवाउने कार्य सम्पन्न भएको बताए। उनी सदरमुुकाम सिमकोटमा ढिलो आई भएको कारण सो कार्य ढिलो भएको हो। यसअघि छ वटा गाउँपालिकामा निर्वाचित अध्यक्षहरुलाई सपथ खुवाउने कार्य भई सकेको छ। उनी गाउँपालिकाबाट शनिवार हेलिकोप्टरमा सिमकोट आई पुुगेका हुन्। उनले गठबन्धनका साझा उम्मेदवार...

Continue reading

काठमाडौँ महानगर : ७ नंबरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक

काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित हुनुभएको छ । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय हुनुभएको हो । होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ कांगे्रसका रुपा थापाले जित हासिल गर्नुभएको छ भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय हुनुभएको छ । हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ...

Continue reading

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी हुनुभएको छ । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिनुभएको थियो।

Continue reading

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल विजयी

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रमुखमा नेकपा (एमाले)का रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार कन्दकला राना निर्वाचित हुनुभएको छ । उहाँले १५...

Continue reading

बूढीगङ्गामा मतदान कि मतगणना भन्नेमा विवाद

जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित हुँदा मतदातामा निराशा छाएको छ । वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाउनुभएको थियो । धाँधली भएका वडामा कांग्रेसले पुनः मतदान गर्न माग...

Continue reading

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्लाका नौ पालिका नेकपा (एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ ।उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो। कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला...

Continue reading

सात सय एक पालिकाको मतगणना सम्पन्न

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ ४५० को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ । बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा...

Continue reading

छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उहाँले दुई हजार ८९५ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याउनुभयो । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख...

Continue reading

इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Continue reading

भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिनुभएको छ । ८९ हजार ५०८ मतगणना गर्दा उहाँले ३५ हजार ९८ मत प्राप्त गर्नुभयो भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिनुभएको छ । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गर्नुभएको छ । भरतपुर...

Continue reading

पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । १४ स्थानीय तहमध्ये हालसम्म मतणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित हुनुभएको हो । विसं २०७४ का जनप्रतिनिधिले यसपटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा पराजित हुनुभयो । गत निर्वाचनमा नेपाली जनता दलबाट निर्वाचित हुनुभएका उहाँ अहिले नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार बन्नुभएको भियो । उहाँ नेकपा (एमाले)का उम्मेदवार प्रद्युम्नप्रसाद चौहानसँग पराजित हुनुभएको हो । उहाँ...

Continue reading

जित्ने आशा अझै बाँकी छ : सिर्जना सिंह

नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा अझै पनि जित्ने आश बाँकी नै रहेको बताएकी छन् । मतगणना स्थल राष्ट्रिय सभा भवन प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले भनिन् ‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ महानगरको धेरै मत अझै गन्न बाँकी नै रहेकोले जित्ने आश रहेको बताएकी हुन् । पछिल्लो मत परिणाम अनुसार ६० हजार भन्दा बढी मत गणना भएको अवस्थामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २३ हजार ५८४ मतका अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका केशव...

Continue reading

ललितपुर महानगरमा नौ वडाको नतिजा सार्वजनिक

ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको...

Continue reading

बूढीगङ्गाको चार वडामा अझै हुनसकेन मतगणना

बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो । गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफू असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो । उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफू असुरक्षित भएकाले निर्वाचन कार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजीनामा दिएका थिए । सापकोटाको राजिनामापछि निर्वाचन आयोगले वैकल्पिक ब्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले...

Continue reading

जोशीपुरमा नागरिक उन्मुक्ति विजयी

कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गर्नुभएको हो । उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ७ को वडाध्यक्षमा नेकपा (एमाले)का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी हुनुभयो । महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसराकुमारी टमटा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल र हिराप्रसाद...

Continue reading

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा : सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत