झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको हो ।
पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गर्नुभयो । उहाँले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो । राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभयो । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभएको छ ।
नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाउनुभयो । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र...
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित हुनुभएको हो । मण्डलले पाँच हजार ४५७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गर्नुभयो । सिंह निर्वतमान अध्यक्ष हुनुहुन्छ ।
उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले दुई हजार ९०४ मत पाउनुभयो ।
दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । चौधरी निवर्तमान नगरप्रमुख हुनुहुन्छ ।
उपप्रमुखमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गर्नुभयो ।
उन्नाइस वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले,...
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गर्नुभयो ।
गुप्ता निवर्तमान नगर प्रमुख हुनुहुन्छ । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको थियो । उपप्रमुखमा राप्रपाबाट विजयी चौधरीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी...
ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ। नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।
प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, सिदिङवा र पाथीभरा याङवरक गाउँपालिकामा एमाले र फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादी केन्द विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसले फक्ताङलुङ र मैवाखोलामा जित हासिल गरेको छ । एमालेले फुङ्लिङ नगरपालिकामा उपप्रमुख तथा...
बाराको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
सात वडा रहेको सो पालिकामा अध्यक्षमा विनोद जैसवाल चार हजार ४४८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार कलवारले तीन हजार १२८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपाध्यक्षमा किरण देवीले नेपाली कांग्रेसकी निलम साहलाई ७१२ मतान्तरले पराजित गर्नुभयो । किरणले तीन हजार ९८३ तथा निलमले तीन हजार २७१ मत पाउनुभयो । विसं २०७४ को निर्वाचनमा यस पालिकामा लोसपाका भोलाप्रसाद गुप्ता र गीता साह निर्वाचित हुनु भएको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् ।
प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नुभयो ।
एमालेका उम्मेदवार वडा...
मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ ।
नेकपा (एमाले)ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र)ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले...
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको छ । घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभयो । अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गर्नुभयो ।
चौध वडा रहेको गाउँपालिकामा ११ मा माओवादी केन्द्र विजयी भएको छ भने एक÷एक वडामा एमाले र कांग्रेसले जितेका छन् । एउटा वडामा एमाले र कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ । पुथा उत्तरगङ्गामा २०७४ को चुनावमा पनि माओवादी केन्द्रले...
पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी हुनुभएको हो । काफ्लेले नौ हजार ८५५ मत प्राप्त गर्नुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गर्नुभएको हो । लावतीले नौ हजार २८० मत प्राप्त गर्नुभयो ।
प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका...
निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन दिएको हो ।
‘यही वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ...
प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकामा यसपालिको स्थानीय निर्वाचनमा ८९ हजार ६७८ मत खसेको छ । त्यसमध्ये ४० हजार मत गणना गर्दा मेयरमा २५ प्रतिशत र उपमेयरमा ३८ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि यो महानगरपालिकामा खसेको मतको २४ दशमलव ७ प्रतिशत मत बदर भएर मत हाल्न नजान्ने मतदातामा मुलुककै पहिलो भएको थियो ।
विराटनगरमा सत्तारुढ दलहरुबीच मेयर र उपमेयरमा गठबन्धन छ । त्यसमा मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । कांग्रेसको उपमेयर उम्मेदवार छैन । जसपाको मेयरको उम्मेदवार छैन...
वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसका सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
एमालेबाट वडा अध्यक्ष निर्वाचितको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको हो । ‘२५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले जानकारी दिएका छन् ।
बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको बस नियन्त्रण गुमाउदा पल्टिन पुगेको थियो । घाइतेहरूको भैरहवास्थित युनिभर्सल...
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् । निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै माझी मेयर निर्वाचित भएका हुन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे ।
०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए । ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए । राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरि लोसपा बनेपछि दुवै जनाले जसपा नै रोजेका थिए । जसपाले यसपटक साहलाई उम्मेदवार बनाउने निर्णय...
काठमाडौँ महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उहाँले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतले पछि पार्दै उहाँ आफ्नो प्यानलसहित विजय हुनुभएको हो ।
त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय हुनुभएको छ । महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय हुनुभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी...
स्थानीय तह निर्वाचनमा जिल्लामा तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकाल्न सफल भएको छ । माओवादीले दुप्चेश्वर, पञ्चकन्या र ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा निर्वाचित भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा दुप्चेश्वरमा अध्यक्ष उपाध्यक्ष दुवै र पञ्चकन्याको उपाध्यक्ष नेपाली कांग्रेस र ककनीको अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको थियो । दुप्चेश्वरमा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।
माओवादीका शङ्करबहादुर थापामा चार हजार चार सय ७३ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको । उहाँका निकटतम प्रतिद्वन्द्वी...
गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान जारी छ ।
यसैगरी बाराको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।
जुम्लाको तिला गाउँपालिकामा नेकपा ( माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी हुनुभएको छ ।
उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले दुई हजार चार मतका साथ विजयी हुँदा कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याउनुभएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो । एमालेका रेशम शाहीले एक हजार ७५२ मत प्राप्त गर्नुभएको छ ।
पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहनुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रतीक्षा सिंजाली ११ हजार १५१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका शशि श्रेष्ठले १० हजार ३७२ मत पाउनुभएको छ ।
कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा एमाले विजयी...
सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी हुनुभएको हो ।
बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गर्नुभयो । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्वालाप्रसाद न्यौपाने विजयी हुनुभएको छ । उहाँले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गर्नुभएको छ ।
सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा कांग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा...
काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित हुनुभएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गर्नुभएको टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिनुभयो । अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो ।
यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित हुनुभएको...
लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी हुनुभएको छ ।
प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गर्नुभएको रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिनुभयो । त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले चार हजार...
मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित हुनुभएको हो ।
कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नुभयो । एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय हुनुभएको थियो । यसपटकको निर्वाचनमा भने उहाँ आफ्नै जेठानसँग पराजित हुनुभयो ।
उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका...