हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको छ । उहाँले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्र्र्दै विजयी बन्नुभएको हो ।
उहाँले कूल मतको छ हजार ८५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याउनुभएको छ । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।
त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गर्नुभएको छ ।
पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै...
झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।
पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त...
देशभर हालसम्म ८ वटा जिल्लाको सम्पूर्ण पलिकाहरुमा मत गणना सम्पन्न भएको छ । प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ भने वाग्मतीको १ वटामा सकिएको छ । त्यस्तै गण्डकीमा ३ वटा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सम्पन्न भएको छ ।
मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।
प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले...
वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।
व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर-१५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।
आफ्ना...
काठमाडौं महानगरपालिकामा हालसम्म २५ हजार ९४ मतको गणना भएको छ । हालसम्म स्वतन्त्रमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् ।
बालेनको भन्दा लगभग आधा मत ल्याउदै एमालेका उम्मेदवार केशव स्थापित पछि रहेका छन् भने स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।
रोचक त के छ भने काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् ।
शून्य मत ल्याउनेहरुमा कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु,...
काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको गुनासो आउन थालेपछि मतगणनास्थल थपिने भएको छ ।
पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पुराउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।
मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्याउन लागिएको उनले बताए । जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’
हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर...
भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् ।
उनीहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको हो ।
मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् ।
मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले...
कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसमा आउँदै गर्दा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट गाउँपालिकाको कार्यालयमा जाने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा कुमाख गाउँपालिका ४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेर सोही स्थानका नविन रावत, विनोद बुढाथोकी लगायत १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी...
भक्तपुर महानगरपालिकाको जारी मतगणनामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले मेयर पदमा सानदार मत पाएका छन् । नेमकिपाका सुनील प्रजापतिले पछिल्लो मत परिणामअनुसार २७ हजार ६६० मत पाएका हुन् । सो नगरपालिकामा काँग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले ३ हजार १९९ मत पाएका छन् । नेमकिपा र काँग्रेसको मतान्तर २४ हजार ४४१ मत रहेको छ ।
यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् । यसैगरी उपमेयरमा पनि नेमकिपाकै उम्मेदवारको सानदार मत छ । सो पालिकामा उपप्रमुखका उम्मेदवारले २८ हजार ११० मत पाएका छन् भने एमालेका उम्मेदवारले २७२४ मत पाएका छन् । यस्तै काँग्रेसका...
अघिल्लो स्थानीय तहको निर्वाचनमा मुलुकमा नै सबभन्दा बढी मत बदर भएको विराटनगर महानगरमा यसपटक झन् बढी मत बदर भएको छ । अघिल्लो निर्वाचनमा २४ दशमलव ०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिलेजारी मतगणनामा मेयरको ३० दशमलव ३२ र उपमेयरको ४३ दशमलव ६८ प्रतिशत मत बदर भएको हो ।
महानगरमा आइतबार दिउँसोसम्ममा ८ हजार ५ सय ४२ मत गणना हुँदा मेयरको २ हजार ५ सय ९० र उपमेयरको ३ हजार ७ सय ३१ मत बदर भएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १ सय ४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६ सय ७८ मत खसेको छ ।
अघिल्लो निर्वाचनमा महानगरमा रहेको कुल मतदाता १ लाख...
‘चपली हाइट’ बाट नाम कमाएका अभिनेता राज घिमिरे (सानुराजा घिमिरे) नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुरको गोदवारी नगरपालिका ३ को वडाध्यक्षमा विजयी भएका छन् ।
स्थानीय चुनावको गएराति घोषित मतगणनामा अभिनेता घिमिरेले १०५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राम आचार्यले १०४९ मत प्राप्त गरेका थिए ।
अघिल्लो स्थानीय चुनावमा उम्मेदवार रहेका घिमिरे पराजित भएका थिए । चुनावअघि सामाजिक संजालमार्फत उनले यदि आफूले वडाध्यक्ष जितेमा अध्यक्षतको हैसियतमा पाउने कुनैपनि सुविधा नलिने बताएका थिए । उनले आफू निर्वाचित भएमा वडालाई देशकै उत्कृष्ट वडा बनाउने प्रतिबद्धता जनाएका थिए ।
२०५७...
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् । उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् ।
बालेनले ६ हजार ८८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार ४१३ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३ हजार ९ मत प्राप्त गरेकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ ।
सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।
काठमाडौँबाट मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याएको लौरो अभियानले यो जित मा प्रभाव परेको भन्ने आंकलन समेत गरिएको छ ।
९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा भने एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।
नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका हुन् ।
महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ ।’
महासचिव पोखरेलले सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत उल्लेख गरेका छन् । निर्वाचनको क्रममा गृह प्रशासन...
जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल नै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए ।
उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय र्याली निकालेका छन् ।
संघीयता आएपछि पनि दलितको मुक्ति हुन नसकेको र दलितको नेतृत्वविना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले दलको टिकट लिन मानेका थिएनन् ।
धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...
चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।
वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताएका छन् ।
‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ती जनायौं,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद छ ।’
उनीहरुले यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने अडान लिएका छन् । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग...
काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको चौतर्फी आलोचना भैरहेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ । ढिलो गतिमा मत गणना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न किसिमका ट्रोल बनाउन तथा व्यङ्ग्य गर्न थालेका छन् ।
मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि सुरु भएको मतगणना हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत मात्र गणना भएको छ।
यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार मत खसेको छ । अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै...
निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने देखिएको निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो।
सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्य भएको भन्दै मतगणनामा ढिलाइ भएको आयोगको भनाइ छ ।
‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा...
धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ।
उनी आफू विजय भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको जनाइएको छ ।
अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए। तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको हो । मगरका दुई छोरा र पत्नी छन् ।
ललितपुर महानगरमा उपमेयरमा रुख चिह्नमा समेत मत परेको छ । सत्ता गठबन्धनले तालमेल गरेको उक्त महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् ।
कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ । जबकी, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १६७ मत पाएका छन् । यता मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ ।
उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।
ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु...
वैशाख ३० मा झडपका कारण स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । १००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको अवस्थामा निर्वाचन स्थगित भएपछि आज पुनः मतदान गरिएको हो ।
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा खटिएका छन् ।
मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका हुन्। भयरहित अवस्थामा मतदान सम्पन्न...
स्थानीय तह निर्वाचनमा आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको प्रष्टीकरण दिएका छन् ।
उनले शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका थिए । जसमा उनले आफूले गरेको मतसंकेत समेत देखिने गरी तस्वीर सार्वजनिक गरेका थिए ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा...