सोमवार, असार १३, २०७९

Post Flag: election

एक साताभित्र सबै स्थानको परिणाम आइसक्ने : निर्वाचन आयोग

निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गर्ने बताएका छन् ।प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताएका हुन् । प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाएका हुन् । यसअघी पनि निर्वाचन आयोगले ६ दिन भित्र गणनाको काम सम्पन्न गर्ने रणनीति बनाएको बताएको थियो ।

Continue reading

७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध : निर्वाचन आयोग

निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । उनले भने, ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ।’ स्थानीय तह सदस्य निर्वाचनका...

Continue reading

सप्तरीमा मतदान अधिकृत माथि कुटपिट, मतपेटिका पनि तोडफोड

सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घटनापछी मतदान स्थगित भएको छ । डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिएका छन् । उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् । घट्नापछि मतदान स्थगित...

Continue reading

पौने १२ सम्म खस्यो करिब ३० प्रतिशत मत

शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११.४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाले देशभर नै उल्लापूर्वक मत खसिरहेको जानकारी दिएका छन् । केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको प्रवक्ता शालिकरामले बताएका छन् । उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए हुन् ।

Continue reading

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ को मृत्यु

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् ।वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो । घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

Continue reading

बाराको सिम्रौनगढमा झडप हुँदा मतदान रोकियो

बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

Continue reading

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए । उनका अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९...

Continue reading

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित

नेपाली कांग्रेसले चितवन बस्ने पार्टीका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहित चितवनका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य...

Continue reading

परिचय खुल्‍ने कागजात देखाएर मतदान गर्न पाउने

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताले परिचय खुल्‍ने कागजातबाट मतदान गर्न पाउने गरी व्‍यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको जनाएको छ । तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउनेछन् । आयोगबाट जारी भएको परिचयपत्र वा नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्‍यवस्था...

Continue reading

मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा सुर्खेत गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो । प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘नगदसहित पक्राउ परेका उम्मेदवारलाई घटनास्थल...

Continue reading

एमालेका वीरगञ्ज मेयर उम्मेदवारलाई आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो । सरागवीले वैशाख २६ गते राति १२ः३० बजे महानगरको वडा नं. १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले निजको उम्मेदवारी खारेजीको माग गरेर उजुरी प्राप्त भएको थियो । आयोगले मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको...

Continue reading

पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ ।वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् । सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।

Continue reading

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सर्यो

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ । निर्वाचन अधिकृत कुवेर पाण्डेयले नगरपालिकाभरी नै ३ गते मतदान हुने रातोपाटीलाई बताए । उनले भने,...

Continue reading

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते !

आसन्न स्थानीय तह निर्वाचनका बिचमा प्रचार प्रसारका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन्। उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता...

Continue reading

निर्वाचन आयोगद्वारा २- दिने मतदाता शिक्षा कार्यक्रम सञ्चालन

निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ । साथै स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ । अनुगमन टोलीले निर्वाचन आचारसंहिता...

Continue reading

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरु बढे

स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रबाट घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि ट्राफिक जामको अवस्था समेत सिर्जना भएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको देखिन्छ । मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा...

Continue reading

आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही...

Continue reading

आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने

स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले...

Continue reading

सबै केन्द्रमा पुगे मतदान अधिकृत

रुकुमपूर्वको सबै मतदान केन्द्रमा मङ्गलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मङ्गलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम सुरु गरिसकेका छन् । सबैले सम्बन्धित मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका...

Continue reading

निर्वाचन आयोग : ६ दिनभित्र मतगणना सकाउने

निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गरिसक्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो । देशभर ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । निर्वाचन आयोगले ६ दिनभित्र ती स्थानीय तहको मतगणना सकाउनुलाई प्रमुख चुनौती मान्दै त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । छिटो मतगणना गर्न सकेसम्म एकभन्दा बढी स्थानमा गणनाको व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ । सबैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा ३ लाख...

Continue reading

रेनु दाहाल : लोकप्रिय मतका साथ जित्छु

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट उठेकी मेयरकी उम्मेदवार रेनु दाहालले लोकप्रिय मतका साथ जित्ने दावी गरेकी छन् । नेकपा माओवादीबाट यसअघि पनि एक पटक मेयर भैसकेकी रेनु दाहाललाई यसपटक भने चुनाव जित्न अलि गारो पर्ने देखिन्छ । गठबन्धनलाई भागबन्डा मिलाउन सकस हुँदा माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले उनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको दबाव भए संगै एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गठबन्धनलाई चुनावमा सहज छैन । तर पछिल्लो समयमा आफ्नो पक्षमा कांग्रेसका नेताहरू खुल्दै गएकाले माओवादी...

Continue reading

अहिलेको निर्वाचन २०७४ को भन्दा सस्तो हुने अनुमान

निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ । निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’ आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले चुनाव खर्चको विषयमा प्रश्न उठाएका थिए । जवाफमा उनले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको बताएका हुन् । ०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक यही ३० गते देशभर एकै पटक स्थानीय चुनाव हुँदैछ ।

Continue reading

वैशाख ३० गते सार्वजनिक विदा

सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताए ।

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत