नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उहाँले अर्थतन्त्र सङ्कटमा प¥यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनु पर्छ भन्नुभयो । इन्धन आयातमा भएको वृद्धि, सवारीसाधन, सुनचाँदी, चामललगायतका सामग्रीको अत्यधिक पैठारीका कारण अर्थतन्त्र चापमा परेको तथ्य पेश गर्दै सांसद शाहले भन्नुभयो, “हामी डेञ्जर जोनमा छौँ । तर समस्या नै परिहालेको भने अवस्था होइन...
मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीबार दिउँसो १ बजे आहवान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । प्रदेश प्रहरीका सम्बन्धमा सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको बैठक आगामी असारको पहिलो साता जनकपुरधाममा बस्ने निर्णयसमेत भएको त्यस अवसरमा उहाँले बताउनुभयो । उक्त बैठकले मुख्यमन्त्री किसान उत्थान कार्यविधिसमेत स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै यसअन्तर्गत...
अभिनेता पूर्णविक्रम शाह ‘पल’ को मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको खबर बाहिर आएको हो। यो मुद्दामा सुनुवाइ अब अर्को हप्ता बिहीबार हुने बताइएको छ ।
शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ स्थगित गर्न माग गरेपछि अर्को हप्ताको लागि मिति सारिएको खुलेको हो । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।
नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन...
नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा अझै पनि जित्ने आश बाँकी नै रहेको बताएकी छन् ।
मतगणना स्थल राष्ट्रिय सभा भवन प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले भनिन् ‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ महानगरको धेरै मत अझै गन्न बाँकी नै रहेकोले जित्ने आश रहेको बताएकी हुन् ।
पछिल्लो मत परिणाम अनुसार ६० हजार भन्दा बढी मत गणना भएको अवस्थामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २३ हजार ५८४ मतका अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका केशव...
सेयर बजारको परिसूचक नेप्से बिहीबार २२५० अंकमा झरेको छ । २३. ५१ अंक घटेसँगै नेप्से २२५० अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । १९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो भने २ को स्थिर रह्यो ।
सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ६, विकास बैंक ८३, फाइनान्स ४१, होटल तथा पर्यटन २१, जलविद्युत् ४४, जीवन बीमा १७२, उत्पादन ४४, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १४३, अन्य १८ र ब्यापार उपसमूह २४ अंकले घटे । जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत बढ्यो । मैलुङखोलाको २.९ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो ।...
भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ३६४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३०३ पुगेको छ ।यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१९ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
चौविस घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ५६२ कोरोना निको भएका छन् । यसैसँगै...
रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ।
“विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्,” मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ।
मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ।
प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो। जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु. २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताउनुभयो ।
पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा...
सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाएर साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै १५ गते राष्ट्रपति विद्यादेवी...
ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको...
संयुक्त राष्ट्रसंघले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ ।साथै विश्वका देशहरुमा पछिल्लो समयमा बढ्दै गएको खाद्य असुरक्षाको अवस्था कम गर्नका लागि विश्वका सबै राष्ट्रलाई मिलेर काम गर्न पनि संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।
न्युयोर्कमा बुधबार आयोजना भएको एक बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरामा जोड दिनुभएको हो । उहाँले पछिल्लो दुई वर्षमा विश्वमा खाद्यान्न अभाव भएका मानिसहरुको संख्या दोब्बर भएको र यो अवस्था अझै बढ्दै जाने खतरा रहेको भन्दै त्यसका लागि विश्वका सबै देशहरुले नै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
संयुक्त...
बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो ।
गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफू असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो ।
उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफू असुरक्षित भएकाले निर्वाचन कार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजीनामा दिएका थिए ।
सापकोटाको राजिनामापछि निर्वाचन आयोगले वैकल्पिक ब्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले...
अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया र जापानसँगको महत्त्वपूर्ण सुरक्षा गठबन्धनको पुन: पुष्टि गर्न र दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा भाग लिन यस हप्ता एशियाको भ्रमण गर्ने तय भएको छ। राष्ट्रपति बाइडेनको भ्रमण अघि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले राष्ट्रपतिका रूपमा इन्डो-प्यासिफिक क्षेत्रको यो पहिलो भ्रमण भएको बताएका छन्।
राष्ट्रपति बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन्। ती मिसनहरूमा हाम्रा प्रयासहरू सफल छन् भनी सुनिश्चित गर्नमा उहाँ केन्द्रित हुनुहुन्छ। तर उसले यो क्षणलाई पनि सदुपयोग गर्न...
प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको एक दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् । यहाँका सुरक्षा निकायले दिएको जानकारी अनुसार क्यामरुनको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।
यहाँको क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।
एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार मंगलबार सो क्षेत्रमा...
नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै आयोजनामा नेपाल टी–२० लिग क्रिकेट हुने भएको छ । आधिकारिक लिग प्रतियोगिता असोजमा हुने बुधबार घोषणा गरिएको हो । विगतमा निजी क्षेत्रबाट लिग हुँदै आए पनि अहिले नेपाली क्रिकेटको सर्वोच्च निकायले नै ट्वान्टी–२० लिग गर्ने निर्णय गरेको हो ।
पछिल्ला वर्षहरू एभरेस्ट प्रिमियर लिग प्रालिले काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) तथा क्विन्स इभेन्टले पोखरामा पोखरा प्रिमियर लिग र धनगढी क्रिकेट एकेडेमीले धनगढीमा धनगढी प्रिमियर लिग आयोजना गर्दै आएका थिए ।
एभरेस्ट लिगले नोभेम्बर १२ देखि २६ मा ईपीएलको नयाँ मिति घोषणा गरिसकेको छ । सचिव मल्ल भन्छन्, ‘देशमा अब एउटै लिग हुन्छ,...
सुनील धमला, आदिल अन्सारी र किशोर महतोलाई समेट्दै नेपालले अमेरिकामा हुने क्रिकेट विश्वकप लिग २ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । तीनै खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न बाँकी छ ।
जिम्बावे ‘ए’ सँग हालै सम्पन्न शृंखलाको अन्तिम खेलमा ५ विकेट लिँदै मध्यम गतिका बलर किशोरले लिग २ का लागि आफ्नो दावेदारिता प्रस्तुत गरेका थिए । सुनील र आदिलले पनि जिम्बावे ‘ए’ सँगको खेलमा मौका पाएका थिए । आदिललाई मलेसिया र पपुवा न्युगिनीसँगको त्रिदेशीय ट्वान्टी–२० शृंखलामा मौका दिइएको थियो, जहाँ उनले आक्रामक ब्याटिङ गरेका थिए ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नेपाली टोलीमा समावेश गरिएको छैन ।...
लखनउ सुपर जायन्ट्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई दुई रनले पराजित गर्दै प्ले अफमा पुग्ने दोस्रो टोली बनेको छ । यसका लागि लखनउका लागि शतक बनाएका क्विन्टन डी कक र कप्तान केएल राहुलले २ सय १० रनको कीर्तिमान साझेदारी गरेका थिए ।
लखनउले विकेटको क्षति बिना नै २ सय ११ रनको विशाल लक्ष्य तयार पारेको थियो । जवाफमा कोलकाताले आठ विकेटमा २ सय ८ रन बनायो । रिन्कु सिंहले १५ बलमा ४० रन बनाएर कोलकातालाई जितको संघारमा पुर्याए पनि उनी अन्तिम बल अगाडी नैआउट भएका थिए । यस हारले कोलकाता प्ले अफबाट बाहिरिएको छ ।
मार्कस स्टोइनसले अन्तिम ओभरमा २१ रनको रक्षा गरेका हुन्...
निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन दिएको हो ।
‘यही वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ...
४ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.९० अंकले बढेको छ । मंगलबार ८४ अंकले घटेको बजार बुधबार भने केही थामिएको हो । बुधबार कारोबारमा आएका १३ उपमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो ।
नेप्सेका अनुसार बुधबार बजार परिसूचक ८.९० अंकले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधबार २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा काराबार रकम भने एक अर्ब ३२ करोड ६३ लाख छ । दोस्रो बजारमा खरिद बिक्री भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्ये भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।
बुधबार...
प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकामा यसपालिको स्थानीय निर्वाचनमा ८९ हजार ६७८ मत खसेको छ । त्यसमध्ये ४० हजार मत गणना गर्दा मेयरमा २५ प्रतिशत र उपमेयरमा ३८ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि यो महानगरपालिकामा खसेको मतको २४ दशमलव ७ प्रतिशत मत बदर भएर मत हाल्न नजान्ने मतदातामा मुलुककै पहिलो भएको थियो ।
विराटनगरमा सत्तारुढ दलहरुबीच मेयर र उपमेयरमा गठबन्धन छ । त्यसमा मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । कांग्रेसको उपमेयर उम्मेदवार छैन । जसपाको मेयरको उम्मेदवार छैन...
डिजिटल मुद्रा क्रिप्टोकरेन्सीले विश्वका धेरै मानिसहरुलाई रातारात धनी बनाइदिएको छ । कतिपय मानिसहरुले भने त्यही क्रिप्टोकरेन्सीका कारण आफ्नो जीवनभरको कमाई समेत गुमाउनुपरेको छ ।
डिजिटल दुनियाँका एक चर्चित स्टारले पनि क्रिप्टोकरेन्सीबाटै केवल एक दिनमै करीब ३५ करोड रुपैयाँ गुमाएका छन् । विश्वमा क्रिप्टोकरेन्सीको बजार धरासायी हुँदा उनले करोडौँ रकम क्षणभरमै गुमाउनुपरेको हो । करोडौँ रकम गुमाएसँगै उनी डिप्रेसनको सिकार बनेका छन् ।
ओलाजिदे ओलायंका विलियम्स बेलायती युट्युुबर तथा र्यापर हुन् । सोसल मिडियामा उनी ‘केएसआई’ नामले चर्चित छन् । उनले क्रिप्टो मार्केटबाट २८ लाख डलर गुमाएका छन्...
स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गर्नुभएको “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।
अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पु¥याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट...
भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेको भोलिपल्ट विदेश मन्त्रालयले श्रीवास्ताव राजदूतमा नियुक्त भएको जानकारी सार्वजनिक गरेको हो ।
विदेश मन्त्रालयमा अतिरिक्त सचिव रहेका श्रीवास्तव पूर्वी एसीया विभागको प्रमुख थिए । उक्त विभागले चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियासँगको कूटनीतिक सम्बन्धलाई हेर्छ ।
श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका थिए । उनी चीन विज्ञका रूपमा परिचित छन् । उनी सन् २०२० यता भारत र चीनबीच सीमा विवाद र लद्दाख क्षेत्रमा...