शनिबार, मंसिर २०, २०८२

Post Flag: Featured

प्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने आयोगले प्रधान सेनापतिलाई के गर्छ ?

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनामा सेनाको भूमिकाबारे छानबिन गर्न गठित आयोगले मागेका अभिलेख अपूरो आएपछि आयोग र जंगीअड्डाबीचको सम्बन्ध झन् तनाबपूर्ण बन्दै गएको देखिएको छ। नेपाल प्रहरीका प्रमुखमाथि अवहेलनाका आधारमा जरिवानाको प्रस्ताव अघि सारेपछि नेपाली सेनाका प्रधान सेनापतिसँग कस्तो व्यवहार गर्ने भन्ने विषय अहिले सुरक्षा–राजनीतिक वृत्तमा मुख्य बहस बनेको छ। आयोगका विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलेप्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने प्रधान सेनापतिलाई के गर्छन् ? वा प्रहरी मनोवल गिराउन प्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने आयोगले प्रधान सेनापतिलाई के गर्छ? भन्ने प्रश्न...

Continue reading

गैरहाजिर रहेका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ। गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र एक कार्यालय सहयोगी रहेका छन्। दुई जना बाहेक सबै जेनजी आन्दोलनपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। नाम, ठेगाना र गैरहाजिर भएको मितिसहित सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन आग्रह गरेको छ। अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

Continue reading

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी...

Continue reading

एक नम्बर वरियताका एसएसपी किन डिआईजी बढुवामा छुटे

काठमाडौं । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट छुटाएको छ। गृह मन्त्रालयले सिफारिस गरेको नामसूचीमा १ नम्बरमा रहँदै आएका अधिकारीलाई अन्तिम घडीमा निकालिएको भन्दै प्रहरी संगठनभित्र असन्तोष देखिएको छ। अधिकारी संगठनभित्र अब्बल क्षमताका, इमानदार र नतिजामुखी अधिकृतका रूपमा चिनिन्छन्। काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत हुँदा जनजीवन सुधारदेखि आपराधिक नियन्त्रणमा उल्लेखनीय काम गरेका उनीमाथि जेनजी आन्दोलनको घटनालाई कारण देखाएर बढुवाबाट रोकिएको बताइन्छ। तर, सो घटनासम्बन्धी छानबिन आयोगले अहिलेसम्म कुनै ठोस कमजोरी देखाएको...

Continue reading

भारतस्थित SVP राष्ट्रिय प्रहरी एकेडेमीमा ५ जना नेपाली प्रहरी अधिकृत दिक्षित

काठमाडौं । भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी (SVPNPA) मा सञ्चालित भारतीय पुलिस सेवा (IPS) 77 RR समूह अन्तर्गत ५ जना नेपाल प्रहरीका अधिकृतहरू दिक्षित भएका छन्। उक्त प्रशिक्षणमा सहभागी नेपाली अधिकृतहरूले उच्च अनुशासन, दक्षता र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। दिक्षितमध्ये प्रहरी निरीक्षक सगुन खड्काले “Best Foreign Officer Trainee in Phase-I” उपाधि प्राप्त गरी नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएका छन्। उक्त उपलब्धिले नेपाल प्रहरीको प्रशिक्षण प्रणाली, पेशागत दक्षता र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको प्रतिबद्धतालाई अझ बलियो...

Continue reading

महेशलाई महावीरले भने: ‘तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तथ्य नबुझीकन नबोल्न सुझाव दिएका छन्। बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गार्ड देखाउन चुनौती दिएका हुन्। भिडिओमा बस्नेत भनिरहेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यो? यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू...

Continue reading

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेल: सामाओसँग भिड्दै नेपाल

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ । नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो । नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा...

Continue reading

देउवा केन्द्रिय समिति बैठकबाट सार्वजनिक हुँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ । जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ । उक्त घटनापछि देउवा पहिलो पटक सार्वजनिक हुँदैछन् । मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न नसक्दा एजेण्डा टुङ्गो लाग्न नसकेको हो । केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउन आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

Continue reading

पूर्वएआईजी सुवेदीको पृष्ठभुमि : पिता कांग्रेस सांसद, पंचायत पसेर जिविस सभापति

नेपाल प्रहरीलेका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) ले साइबर अपराधको उजुरी दिएको छ । माओवादी केन्द्रले सुवेदीले दिएको “झुठा अभिव्यक्ति” लाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको हो। पूर्व एआईजी सुवेदीले एक युट्युब अन्तर्वार्तामा “जेन–जी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको” दाबी गरेका थिए। उक्त अभिव्यक्तिलाई खण्डन गर्दै माओवादी केन्द्रले त्यसलाई “पूर्णरूपमा मनगढन्ते र चरित्रहत्या गर्ने” अभिव्यक्ति ठहर गरेको छ। माओवादी अध्यक्ष प्रचण्डका स्वकीय...

Continue reading

झाडी फाँडेर फलफूल खेती

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२–०८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२–०८३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो । यसअघि १६ स्थानीय तहमा लागू भएको थियो । नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित...

Continue reading

भोजपुरमा संरक्षणको पर्खाइमा ‘चुदारा’ पेसा

भोजपुर– भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुँडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पुर्ख्यौली सीप हराउने अवस्थामा पुगेको हो । विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले बताए । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो’ उनले भने, ‘तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।’ गाउँघरमा पाइने गोगुन,...

Continue reading

विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ। सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ। सुपर...

Continue reading

माओवादीका अर्का उपाध्यक्ष पनि सुन तस्करीमा तानिंदै

विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ। यसअघि माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वसभामुख कृष्णबहादुर महरा यसै प्रकरणमा पक्राउ परिसकेका छन्। पुनका जेठा छोरा जितेन्द्र पुन ले दुई वर्षअघि हुम्लाबासीको नक्कली कागजात बनाएर चीनको ताक्लाकोट पुगेर चार किलो सुन लिएको आरोप लागेको छ। भुक्तानी नदिँदा त्यो प्रकरण सार्वजनिक भएको थियो। हाल उनी अमेरिकामा रहेको बताइएको छ। कान्छा छोरा दीपेश पुन पनि ९ किलो र ६१ किलो सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा...

Continue reading

काठमाडौँका बजारमा तिहारको किनमेल गर्नेको घुइँचो

तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ। यस पटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन्। राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ। उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका...

Continue reading

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुुरथिमिस्थित राष्ट्रिय विभूूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुुख अतिथिका लागि आमन्त्रण गर्ने क्रममा उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकको गभर्नरसँग छलफल गरेर सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताएकी हुन् । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा...

Continue reading

गुण्डुमा जुट्दै एमाले हाईकमाण्ड

नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने छ । शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने भनिएकोमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित गरी आजको लागि सारिएको हो । शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समीक्षा, पार्टीको महाधिवेशनलगायत विषयमा छलफल भएको थियो । बैठकमा सचिवालय सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

Continue reading

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएई र नेपाल भिड्दै

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले...

Continue reading

मेची राजमार्ग अझै खुलेन

२६ असोज, फिक्कल (इलाम) । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए । ‘सडक...

Continue reading

नेपाल प्रहरीका ४ एआईजी पदस्थापन, काे कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना...

Continue reading

संगठनभित्र मानवीयता : प्रहरी निरीक्षक अधिकारीको सृजनात्मक नेतृत्वको उदाहरण

काठमाडौं ।प्रहरी संगठनमा सामान्यतया ‘ड्युटी’ शब्द जिम्मेवारी, अनुशासन र दबाबको प्रतीक मानिन्छ। तर यही दबाब घटाई तल्ला तहका प्रहरीलाई उत्साहित बनाउन ट्राफिक प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अनुप अधिकारीले फरक र सृजनात्मक पहल गरेका छन्। बिहीबार उनले राजधानीको रन्जना हलमा एउटै उमेर समूहका २० जना प्रहरीलाई फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्। प्रहरी निरीक्षक अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ। “हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने। यसअघि पनि उनले तनाव व्यवस्थापन तालिम, हाइकिङ, पिकनिक, मनोपरामर्श लगायतका कार्यक्रम सञ्चालन गरिसकेका छन्। अधिकारी भन्छन्,...

Continue reading

जेनजीको आडमा आतंक: सुधन गुरुङको उत्तेजनाले प्रहरीका ६० युनिटमा हाई अलर्ट

काठमाडौं: जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली पुगे। तर प्रहरी प्रशासनले उक्त मुद्दा हाल जाँचबुझ आयोग अन्तर्गत रहेकाले जाहेरी दर्ता गर्न इन्कार गर्‍यो। त्यसपछि गुरुङ ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै फर्किएको बताइएको थियो।बेलुकी साढे सातपछि ‘भिक्टर कन्ट्रोल’बाट आदेश जारी गर्दै राजधानीका ६० युनिटमा उच्च सुरक्षा सतर्कता लागू गरिएको छ। यद्यपि गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो समाचारलाई ‘नक्कली’ भन्दै खण्डन गरेका छन्। उनले आफ्नो आधिकारिक...

Continue reading

काठमाडौँ प्रहरीको सुचना अधिकारीमा एसपी भट्टराई

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईलाई परिसरको सूचना अधिकारी नियुक्त गरिएको छ। परिसरका कार्य, गतिविधि र कारबाहीका यथार्थ तथा तथ्यगत सूचनाहरू सञ्चार माध्यममा सम्प्रेषण गर्न सहजता होस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक भट्टराईलाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको हो। उनको सम्पर्क नम्बर ९८५११२६९८३ र इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.np रहेको परिसरले जनाएको छ। जिल्ला प्रहरी परिसरले भट्टराईलाई सूचना अधिकारीका रूपमा तोकिएपछि सूचना प्रवाह र जनसंपर्कको कार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। भट्टराई यसअघि लामो समय काठमाडौंको अपरेशन...

Continue reading

बदनाम घुमुवा प्रहरी : काम ‘हप्ता असुली’ र मस्ती !

काठमाडौं । नेपाल प्रहरीमा सादा पोशाकमा घुमुवा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने क्रम घट्ने होइन, बढिरहेको छ । बझाङ जिल्लामा अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी संजय थापाले बझाङको एक होटल व्यवसायीसंग ४ हजार ५ सय रुपैयाँ घुस मागेको अडियो प्राप्त भएको छ । यस्तै अर्का घुमुवा प्रहरी भुबन खड्काले पनि बझाङ जिल्लामा जुवातास खेलाउने र उनिहरूबाट पैसा असुली गर्ने गरेकोे उच्च स्रोतले बताएको छ । पछिल्लो समयमा बझाङ घुमुवा प्रहरीको ‘हप्ता असुली’ लगायतका कामले स्थानीयवासी दिक्दार छन् । जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलासंग कुरा गर्दा यस बिषयमा बुझेर आवश्यक अनुसन्धान...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत