काठमाडौं । नेपाल प्रहरीमा एआईजी बढुवा सिफारिससँगै अब डीआईजी दर्जामा बढुवाको दौडधूप चुलिएको छ ।
डीआईजी तहमा हाल १० स्थान रिक्त रहेका छन् भने ती स्थानमा ११२ टोलीका १५ जना अधिकृतहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
वरियता मिच्दै ६ जना एआइजीको बढुवा सिफारिस, प्रहरीमा व्यापक असन्तुष्टि
बढुवा प्रक्रियाको पेचिलो मोड
११२ टोली अन्तर्गतका प्रहरी अधिकारीहरू २०५६ असार ३ गते नियुक्त भएका हुन् ।
प्रारम्भिक सेवाकालमा एउटै ब्याचका रूपमा अगाडि बढेका यी अधिकृतहरू पछि एसपी र एसएसपी तहमा विभिन्न चरणमा बढुवा भए ।
अहिले डीआईजी दर्जाको बढुवामा पुगेको यो टोलीभित्र नै बढुवाको लाइन निर्धारण गर्ने...
सिरहा । यौन दुर्व्यवहारमा परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी २५ वर्षीया आनन्दीदेवी सदायको मृत्यु घटनाले फेरि एक पटक यो देशमा महिलाको न्याय खोज्ने संघर्ष कति पीडादायी, अन्योलपूर्ण र अपमानजनक छ भन्ने देखाएको छ।
यौन दुर्व्यवहारको शिकार भएकी एक महिला – जसले हिम्मत गरेर प्रहरीमा जाहेरी दिइन्, तर उनी न्याय पाउनु त परै जाओस्, उल्टै मृत अवस्थामा भेटिनुपर्यो।
के यो देशमा महिलाका आँशु सुक्नु पर्नेछ अदालतको ढोका बाहिरै ?
पुस ९ गते गाउँकै दुई युवक, २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी आनन्दीले त्यही दिन जाहेरी दिइन्। तर इलाका प्रहरी...
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ।
गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको हो।
बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।
खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्।
नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए। समितिको यो निर्णय मन्त्रिपरिषदबाट...
काठमाडौं । नेपालको लोकप्रिय डिजिटल भुक्तानी प्रणाली ‘इसेवा’ ह्याक गरी एकै व्यक्तिले ४ हजारभन्दा बढी नागरिकका खाताबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको खुलासा भएको छ।
कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका २२ वर्षीय राहुल बुढालाई यसै आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख २ गते कालिमाटी क्षेत्रबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जानकारी दिए।
चोरीको तरिका
अनुसन्धान अनुसार, बुढाले ‘फिसिङ’ प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरूको इसेवा खातामा अनधिकृत...
काठमाडौं । नेपाली राजतन्त्र पुनःस्थापनाका पक्षमा खुलेर लागिरहेका दुर्गा प्रसाई भारतमा लुकीछिपी बसेको अवस्थामा नेपाल प्रहरीको विशेष ब्यूरो र भारतीय गुप्तचर संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी) को समन्वयमा पक्राउ परेका छन्। विशेष ब्यूरोका प्रमुख डीआईजी सिद्धिविक्रम शाहको नेतृत्वमा भएको १० दिन लामो अनुसन्धान तथा निगरानीपछि उनलाई भारतको असाम राज्यबाट नियन्त्रणमा लिइएको हो।
लुकेर बसेको स्थान पत्ता लगाउने शैली एकदमै फिल्मी
प्रसाई भारतको तामुलपुरस्थित धनसिरीपुर क्षेत्रको एक गाउँमा अभिचन्द्र पाठक नामक स्थानीय हिन्दुवादी नेताको घरमा लुकेर बसेका थिए। प्रसाईले सार्वजनिक गरेको भिडिओमा देखिएको मन्दिरको...
काठमाडौँ । आज विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाई पक्राउ’ शीर्षकमा आएका समाचारहरूप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा, विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई अझै पक्राउ नपरेको स्पष्ट गरिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “दुर्गा प्रसाई नेपाल प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् र हालसम्म उहाँ पक्राउ परेका छैनन्।” साथै, भ्रम सिर्जना गर्ने गरी गलत समाचार प्रकाशन तथा प्रशारण नगर्न सबै सञ्चार माध्यमहरूलाई आग्रह गरिएको...
देव चौलागाईं
राजनीतिक क्षेत्रका जिम्मेवार व्यक्तिहरूबाट आउने अभिव्यक्तिहरू जनमत निर्माणमा गहिरो असर पार्ने गर्छन्। यही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनद्वारा हालै गरिएको एक सार्वजनिक मन्तव्यले न केवल प्रहरी संगठनको निष्पक्षता र गरिमामाथि प्रश्न उठाएको छ, तर स्वयं लोकतान्त्रिक व्यवहारको तह समेत खस्किएको देखाएको छ।
लिङ्देनले काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनलाई लिएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापामाथि एमालेको युवा संगठनसँग सम्बन्धित रहेकाको आरोप लगाए। यस्तो दाबी कुनै प्रमाणबिना गरिएको मात्र होइन, गम्भीर संस्थागत...
जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ ।
छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।
भक्तजनहरूले बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई...
राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढेसँगै विविध कारणले केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जानकारी गराउँदै सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ।
बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत निर्माणकार्यसँगै निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने कार्यलगायत कारणले काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको प्राधिकरणले जनाएको हो।
वायु गुणस्तर सूचकाङ्क...
थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (चैत २२ गते) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने कार्यक्रम छ। सम्मेलन आयोजक थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछ।
यसैबीच सम्मेलनमा दिवाभोजपछि स्थानीय समयानुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ।
यो वार्ता बैंककस्थित...
काठमाडौं । गत शुक्रबार तीनकुनेमा आयोजित राजावादी आन्दोलनको मञ्चमा प्रहरीले टियर ग्यास प्रहार गरेको भन्दै भाइरल भएका भिडियोहरू डिपफेक प्रविधि प्रयोग गरी बनाइएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।
फेसबुकको सहयोग नपाउँदा दुर्गा प्रसाईं पक्राउ गर्न नसकिएको प्रहरीको दाबी
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले सामाजिक सञ्जालमा फैलिएको उक्त भिडियो वास्तविक नभएको दाबी गरे। उनले भने, “प्रहरीले बल प्रयोग गर्दा अवस्था बिग्रिएको भन्ने आरोप पूर्ण रूपमा असत्य हो। कार्यक्रम सुरु हुनुअघि नै ती दृश्यहरू सिर्जना गरिएका हुन्। राष्ट्रिय गान बजेकै छैन, त्यसैले उक्त भिडियो...
तराई-मधेशकेन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकीकरणको अन्तिम कसरतमा जुटेका छन् । एकता प्रक्रियालाई टुंग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् ।
दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउने गरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसेर सहमतिको बिन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणवद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल...
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् सिनावात्राबीच आज भेटवार्ता हुँदै छ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न थाइल्यान्ड पुगेका हुन् ।
थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका...
काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ।
चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए।
आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।
तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ।
The China National Offshore Oil Corporation (CNOOC) announced on Monday that it has discovered a major oilfield in the eastern South China Sea, with proven reserves exceeding 100 million tonnes.
The newly discovered Huizhou 19-6 oilfield marks a breakthrough in China’s offshore oil exploration, as it is the country’s first large-scale integrated clastic oilfield discovered in deep to ultra-deep layers, CNOOC said.
Situated about 170 km from Shenzhen in south China’s Guangdong Province, the oilfield sits at an average water depth of 100 meters. Test drilling has yielded...
काठमाडौँको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं कार्यक्रम नसकिँदै फरार भए। उनलाई प्रहरीले त्यसै बेलुकादेखि खोजी गरिरहेको छ।
प्रहरीले खोजी गरिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन्। तर प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन।
दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले छलफल गरेका थिए। छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताए।
त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर...
प्रधानमन्त्री केपी शर्मा ओली आज (चैत १९ गते) थाइल्यान्डको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने भएका हुन्।
यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान गर्ने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा दिउँसो १२:३० बजे समाचार संकलनका लागि प्रधानमन्त्रीको सचिवालयले सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध...
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरी बलको ग्यास गन खोस्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तर, हालसम्म उक्त हतियार फेला पार्न सकेको छैन।
पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ निवासी ३८ वर्षीय गोपाल मल्ल रहेका छन्। उनी हाल काठमाडौंको तारकेश्वर-१० मा बस्दै आएका थिए। प्रहरीले उनलाई भिमसेन गोलाबाट पक्राउ गरी गौशालास्थित प्रहरी कार्यालयमा बुझाएको हो।
बन्दुक अझै बेपत्ता, खोजी जारी
घटनापछि प्रहरीले हराएको ग्यास गनको खोजी तीव्र पारेको छ। तर, अहिलेसम्म उक्त बन्दुकको अवस्थाबारे कुनै ठोस प्रमाण भेटिएको छैन। सुरक्षाकर्मीहरूलाई...
काठमाडौं । तीनकुनेमा शुक्रबार सम्पन्न राजावादी प्रदर्शनका मुख्य आयोजक तथा कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न फेसबुकको सहकार्य नपुग्दा चुनौती थपिएको प्रहरीले जनाएको छ।
आन्दोलनपछि भूमिगत भएका प्रसाईं सामाजिक सञ्जालमार्फत निरन्तर सक्रिय रहे पनि प्रविधिगत सीमितताका कारण उनलाई पत्ता लगाउन समस्या भइरहेको प्रहरीको दाबी छ।
भूमिगत भए पनि सामाजिक सञ्जालमा सक्रियशुक्रबार काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनमा नेतृत्व दिइरहेका प्रसाईं आन्दोलनपछि ललितपुरको इमाडोल पुगेका थिए।
त्यहाँबाट भूमिगत भए पनि उनी फेसबुक भिडियोमार्फत आफ्ना समर्थकहरूलाई सम्बोधन गरिरहेका छन्। आइतबार मात्र...
नेपाल प्रहरीमा रिक्त ६ जना एआईजीका लागि तीन ब्याचका डीआईजीहरू प्रतिस्पर्धामा छन्। तीमध्ये सबैभन्दा अगाडी तीनजना छन्। चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए।
खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्। यी तीनै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन्। वैकल्पिक सूचीमा रहेका उनीहरू साढे ७ महिनापछि मात्रै...
काठमाडौं । काठमाडौंमा शुक्रबार सम्पन्न राजावादी आन्दोलनका क्रममा पेस्तोल बोकेको एक व्यक्तिको तस्वीर सार्वजनिक भएपछि विभिन्न अड्कलबाजीहरू उठेका छन्।
कतिपयले उक्त व्यक्ति प्रहरीद्वारा घुसपैठ गरिएको आशंका गरेका छन् भने अन्यले उनलाई पूर्व माओवादी लडाकु हुन सक्ने अनुमान गरेका छन्।
तर, अनुसन्धानबाट खुलासा भएको छ कि ती व्यक्ति नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो (Narcotics Control Bureau) मा कार्यरत असई (सहायक निरीक्षक) हुन्। प्रहरी स्रोतका अनुसार, लागू औषध नियन्त्रण ब्युरोका अधिकारीहरू प्रायः सादा पोशाकमा खटिन्छन्।
प्रहरीका अनुसार, उक्त तस्वीर कोटेश्वर क्षेत्रमा खिचिएको हो। आन्दोलनका...
काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
तीनकुनेमा राजावादी प्रदर्शन उग्र: सुरक्षाकर्मीको बन्दुक खोसियो, मिडिया हाउसमाथि आक्रमण
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।
तीनकुनेमा तनाव: प्रदर्शनकारीको आक्रमणबाट महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंका भएपछि कानुनी...
दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पक्राउ
सिराहा । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीपकुमार यादव शुक्रवार धरौटीमा रिहा भएका छन् ।
घर भत्काइएको प्रकरण : नयाँ घरको कागज भन्दै मन्जुरीनामामा सहीछाप गरायाे
जिल्ला अदालत सिराहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही रु एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकामा शुक्रवार थुनछेक बहस भएको हो ।
महायज्ञस्थल...